back
CTIZAN AD

१७ हजार भोट गन्न बाँकी हुँदा रेनुलाई १० हजार बढीकाे अग्रता

वि.सं.२०७९ जेठ ९ सोमवार

855 

shares

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै १७ हजार ३८५ मत गन्न बाँकी छ ।

१७ हजार मत गन्न बाँकी रहँदा भरतपुरमा मेयर पदकी उम्मेदवार माओवादी नेतृ रेनु दाहालले ४४ हजार ३०५ मत पाएकी छिन् । उनले पाएको मत निकटतम प्रतिद्धन्द्धी एमाले उम्मेदवार विजय सुवेदीले पाएको मतभन्दा १० हजार बढी हो । दाहाल र सुवेदीबीच १० हजार १२६ को मतान्तर छ । मतगणना भइरहेका र सम्पन्न भएका धेरै वडामा दाहालको अग्रता देखिन्छ ।

यता मेयर पदका अर्का उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५१५ मत ल्याएका छन् । उनी कांग्रेसका बागी उम्मेदवार हुन् ।

यता, धेरै मत आइसकेका कारण गणना नसकिए पनि उपमेयरमा चित्रसेन अधिकारीको जित पक्का भएको छ । अधिकारीले ४५ हजार ४६८ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार हिमला गुरुङले २७ हजार ४६ मत ल्याएकी छन् । भरतपुरमा मेयरमा एमाले र उपमेयरमा राप्रपाबीच चुनावी तालमेल भएको छ ।

कुल २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार मतदाता रहे पनि एक लाख २७ हजार ८३९ जनाले मतदान गरेको चितवन जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

हाल भरतपुरमा २४ नम्बर वडासम्मको मत गणना पुरा भएको छ । २५ र २६ नम्बर वडाहरुको मत गणना जारी छ । हालसम्म एक लाख १० हजार ४५४ मत गनेर सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वि.सं.२०७९ जेठ ९ सोमवार १४:०७ मा प्रकाशित

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

नयाँ दिल्ली । भारतस्थित नेपाली राजदूतावासले भारतका विभिन्न राज्य तथा...

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

कांग्रेस संस्थापन इतर समूहद्वारा राष्ट्रिय भेलाको तयारी तिब्र, गरियो स्थानीय तहसम्मै पत्राचार

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको आन्तरिक सुदृढीकरण...

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्कीको अन्नपूर्णवासीका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै...

फेरि बढ्यो अण्डाको मूल्य

फेरि बढ्यो अण्डाको मूल्य

चितवन । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्...

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

सुक्खा पहिराले घारखोला जलविद्युत् आयोजनाको विद्युत्मा क्षति : एक बेपत्ता, एक जना घाइते

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको...

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

देशैभरी मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...