back
CTIZAN AD

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृह जिल्ला मेचीनगरमा एमाले विजयी

वि.सं.२०७९ जेठ १० मंगलवार

855 

shares

झापा । मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुख पदमा एमालेकै मीना उप्रेती २१ हजार ५९० मत पाएर निर्वाचित भइन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८१८ मत प्राप्त गरेका थिए ।

नगरका ११ वडामध्ये १, २, ३, ४, ५, ७, ९, १०, ११, १२, १३ का वडाध्यक्षमा एमाले विजयी बनेको छ भने वडा नं ६, ८ र १५ मा कांग्रेस र वडा नं १४ मा माओवादी केन्द्र विजयी बनेको छ ।

जिल्लाका १५ वटै पालिकाको मतगणनाको परिणाम आइसकेको छ । ती मध्ये सात पालिकामा एमाले प्रमुख पदमा विजयी बनेको छ भने छ मा कांग्रेस र दुईमा राप्रपाले जित हासिल गरेको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचिनगरमा एमालेले उपमेयर र मेयर जितेको हो । साथै शर्माको वडामा समेत एमालेले जित हासिल गरेको छ ।

वि.सं.२०७९ जेठ १० मंगलवार ०८:१४ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...