
काठमाडौं । वीरगन्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पाटीं (जसपा) का राजेशमान सिंह विजयी भएका छन् ।
सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका सिंहले ४६ हजार २१५ मतसहित महानगरको मेयरमा विजयी भएका हुन् ।
मेयरमा सिंह विजयी हुँदा नेकपा एमाले–लोसपा गठबन्धनका साझा उम्मेदवार विजय कुमार सरावगी २३ हजार ६७१ मत प्राप्त गरेका छन् । उनी सिंहभन्दा २२ हजार ५४४ मतले पछि परेका हुन् ।
त्यसैगरी उपमेयरमा पनि सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता इम्तियाज आलम विजयी भएका छन् । उनले ३० हजार ७८ मतसहित विजयी हुँदा लोसपा–एमाले गठबन्धनका नेता पुरुषोत्तम लाल झाले ९ हजार ५६८ मत प्राप्त गरेका थिए ।
२०७४ सालमा जसपाबाट मेयर निर्वाचित भएका सरावगीले पछिल्लो समय जसपा छाडेर एमालेमा प्रवेश गरेसँगै एमाले–लोसपा गठबन्धनबाट मेयरको उम्मेदवार बनेका थिए ।
.