
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की नेतृ रेनु दाहाल विजयी भएकी छन् ।
सत्ता गठबन्धनबाट मेयरको साझा उम्मेदवार बनेकी रेनु दाहाल भरतपुर महानगरको मेयरमा दोस्रोपटक विजयी भएकी हुन् ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मंगलबार बिहान सम्पन्न मतगणनाको परिणाम अनुसार रेनलु प्रतिप्रप्रधी राप्रपा–एमालेका साझा उम्मेदवार विजय सुवेदीलाई १२ हजार बढी मतले पछि पार्दै मेयर पदमा जित हासिल गरेकी हुन् ।
मेयरमा विजयी रेनुले ५२ हजार ३० मत ल्याउँदा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरेर पराजित भएका हुन् । साथै कांग्रेसबाट बागी उम्मेदवार रहेका जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरेका छन् ।
२०७४ को निर्वाचनमा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई २०३ मतले हराउदै विजयी भएकी रेनुले यसपाली भने १२ हजार ४३९ मतले एमालेकै उम्मेदवार सुवेदीलाई हराएकी हु्न् ।
त्यसैगरी महानगरको उपमेयरमा पनि गठबन्धनबाटै चित्रसेन अधिकारीले भारी मतसहित जित हासिल गरेका छन् । अधिकारीले ५२ हजार ८०३ मत ल्याएर उपमेृयरमा विजयी हुँदा उनका प्रतिश्प्रधी राप्रपाकी हिमला गुरुङले ३० हजार ६१२ मत प्राप्त गरेकी थिइन् । अधिकारीले २२ हजार बढी मतले गुरुङलाई पराजित गरेका हुन् ।