back
CTIZAN AD

भरतपुरको मेयरमा भारी मतान्तरसहित रेनु विजयी

वि.सं.२०७९ जेठ १० मंगलवार

846 

shares

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की नेतृ रेनु दाहाल विजयी भएकी छन् ।

सत्ता गठबन्धनबाट मेयरको साझा उम्मेदवार बनेकी रेनु दाहाल भरतपुर महानगरको मेयरमा दोस्रोपटक विजयी भएकी हुन् ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मंगलबार बिहान सम्पन्न मतगणनाको परिणाम अनुसार रेनलु प्रतिप्रप्रधी राप्रपा–एमालेका साझा उम्मेदवार विजय सुवेदीलाई १२ हजार बढी मतले पछि पार्दै मेयर पदमा जित हासिल गरेकी हुन् ।

मेयरमा विजयी रेनुले ५२ हजार ३० मत ल्याउँदा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरेर पराजित भएका हुन् । साथै कांग्रेसबाट बागी उम्मेदवार रहेका जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरेका छन् ।

२०७४ को निर्वाचनमा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई २०३ मतले हराउदै विजयी भएकी रेनुले यसपाली भने १२ हजार ४३९ मतले एमालेकै उम्मेदवार सुवेदीलाई हराएकी हु्न् ।

त्यसैगरी महानगरको उपमेयरमा पनि गठबन्धनबाटै चित्रसेन अधिकारीले भारी मतसहित जित हासिल गरेका छन् । अधिकारीले ५२ हजार ८०३ मत ल्याएर उपमेृयरमा विजयी हुँदा उनका प्रतिश्प्रधी राप्रपाकी हिमला गुरुङले ३० हजार ६१२ मत प्राप्त गरेकी थिइन् । अधिकारीले २२ हजार बढी मतले गुरुङलाई पराजित गरेका हुन् ।

वि.सं.२०७९ जेठ १० मंगलवार १०:३७ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...