back
CTIZAN AD

नवनिर्वाचित अध्यक्षद्धारा घरघरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने

वि.सं.२०७९ जेठ १० मंगलवार

645 

shares

गोरखा । गोरखाको सहिद लखन गाउँपालिकाले घरघरमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा हैरानी खेप्नुपरेको भन्दै दोस्रो कार्यकालका लागि निर्वाचित गाउँपालिका अध्यक्ष रमेश थापामगरले आज पदभार ग्रहण गर्दै बैंकसँगको सहकार्यमा टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने घोषणा गरेका हुन् ।

“ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई बैंकसम्म पुगेर सामाजिक सुरक्षा भत्ता लिन निकै कठिन भएकाले अब बैैंकसँग सहकार्य गरेर प्रत्येक टोल र बस्तीमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ”, अध्यक्ष थापामगरले भने । उनले निर्वाचनका क्रममा नागरिकको घरघरमा पुग्दा गरेको प्रतिबद्धतालाई पदभार ग्रहणसँगै कार्यान्वयन गर्न सुरु गरेको बताए ।

“कतिपय अवस्थामा डोकोमा बोकेर सामाजिक सुरक्षा भत्ता लिन परिवारले लैजानुपर्ने बाध्यता छ” उनले भने, “जनताका समस्यालाई अब पालिकाले बैंकसँग सहकार्य गरी समाधान गर्छ ।” उनले सामाजिक काम गर्न व्यवस्थित हुने गरी पालिकाभित्र रहेका सवै घरको नम्बर ब्यवस्थित गरिने बताए ।

वि.सं.२०७९ जेठ १० मंगलवार ११:४२ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...