back
CTIZAN AD

नेपालका नदीहरुमा प्लाष्टिक प्रदूषण रोक्न पूर्ण सहयोग गर्ने मन्त्री यादवको भनाई

वि.सं.२०७९ जेठ १० मंगलवार

858 

shares

काठमाडौं । नेपालका नदीहरुमा प्लाष्टिक प्रदूषण रोक्न पूर्ण सहयोग गर्ने वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले बताएका छन् । क्रिएशन नेपाल, ग्रिड एरेन्डेल, डोको रिसायक्लर्स, इन्टरनेशनल सोलिड वेस्ट एसोसिएसन (इस्वा) र नर्वेजियन जियोटेक्निकल इन्स्टिच्युट (एनजीआई)ले संयुक्त रुपमा काठमाडौंमा सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले वागमती नदी पूजा गर्ने ठाउँ भए पनि प्रदूषणका कारण नदीको मुल्य घटेको बताए । उनले भने, ‘हामीले पूजा गर्ने ठाउँ वाग्मती खोला सांस्कृतिक ठाउँ हो तर प्लास्टिक प्रदूषणका कारण नदीको मुल्य घटेको छ ।’ मन्त्री यादवले प्लास्टिक प्रदूषणका समस्या समाधान गर्नका लागि नीतिहरूको कडा कार्यान्वयन हुन आवश्यक रहेकोे बताए । उनले फोहोर संकलन प्रक्रियाका बारेमा आधारभूत तहका मानिसहरुलाई जानकारी दिनु पर्ने समेत बताए ।

No description available.

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि नर्वेजियन राजदूत तोरुन द्रम्दलले काठमाडौं उपत्यका वरिपरिका नदी वा ल्यान्डफिल साइटहरू प्लाष्टिकको फोहोरको थुप्रोले भरिएको देखिएको बताएकी छन् । उनले भनेकी छन् , ‘आज हामीले काठमाडौं उपत्यका वरिपरि हेर्दा नदी वा ल्यान्डफिल साइटहरू फोहोरको थुप्रोले भरिएका देख्छौँ, जुन मुख्यतया प्लाष्टिकको हुन्छ ।’

No description available.

सो कार्यक्रममा बोल्दै क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले प्लास्टिक पुनरावृत्ति गर्न र नेपालका नदीहरूमा प्लाष्टिकको रोकथामका लागि अत्याधुनिक प्रविधिको प्रयोग ल्याउनु पर्ने बताए । उनले स्वच्छ, स्वस्थ र दिगो वातावरण राख्नका साथै मानिसहरूलाई प्रोत्साहित गर्न व्यवहार परिवर्तन लागू गरिनु पर्ने समेत बताए ।

वि.सं.२०७९ जेठ १० मंगलवार १२:४८ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...