
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २९२० नमुना परीक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका १६ जनासँगै नेपालमा हालसम्म ९ लाख ७९ हजार ८७ जनामा संक्रमण पुष्टि भएको छ । आज निको भएका ११ जनासँगै नेपालमा हालसम्म ९ लाख ६७ हजार २ जना संक्रमणबाट मुक्त भएका छन् ।
त्यस्तै नेपालमा हालसम्म ११ हजार ९५२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै नेपालमा हाल १३३ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु सबैजना होम आइसोलेशनमा रहेका छन् भने संस्थागत आइसोलेशन, आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ ।