
काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ ।
निर्वाचन आयोगका अनुसार देशैभरी रहेका ७५३ स्थानीय तह मध्ये हालसम्म देशैभरीका ७४४ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ भने अब नौ पालिकाको मत परिणाम आउन बाँकी रहेको छ ।
जसमा बागमती प्रदेशको काठमाडौं महानगरपालिका, मधेस प्रदेशको रौतहटको गढीमाई नगरपालिका, गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, प्रदेश नं १ को उदयपुरको त्रियुगा र कटारी नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको मत परिणाम आउन बाँकी रहेको छ । साथै सुदूरपश्चिममा बाजुराको बुढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानविनका आधारमा निर्णय आउने बताइएको छ ।