back
CTIZAN AD

पाँच सचिवको सरुवा, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

वि.सं.२०७९ जेठ ११ बुधवार

711 

shares

काठमाडौँ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले पाँच सचिवको सरुवा गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलाई राष्ट्रिय सतकर्ता केन्द्रको प्रमुख अधिकृत पदमा सरुवा गरिएको जानकारी दिए ।

त्यसैगरी खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवमा र प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मणिराम गेलाललाई खानेपानी मन्त्रालयको सचिवमा, राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख अधिकृत सुशीलचन्द्र तिवारीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।

त्यसैगरी नेपाल ट्रष्टको कार्यालयका सचिव गोपालप्रसाद सिग्देललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो ।
सरकारका प्रवक्ता कार्कीले संयुक्त राज्य अमेरिकामा आयोजना हुने साइबर सेक्युरिटि लिडरसीप प्रोग्राम तथा तालिममा सहभागी हुन नायब महान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेको भ्रमण स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिए ।

“संयुक्त राज्य अमेरिकाको होनोलुलुमा आयोजना हुने कमप्रोहेन्सीभ सेक्युरिटी कोर्समा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशका प्रमुख सचिव कृष्णबहादुर राउतलाई सहभागी हुन स्वीकृत गर्ने र भारतमा हुने फूड सेक्युरिटीसम्बन्धी कार्यक्रममा सहभागी हुन कृषिमन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीृकति दिने निर्णय गरिएको छ ।” मन्त्री कार्कीले भने ।

सरकारले सार्वजनिक हितका लागि २५ आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने र आजदेखि आयोजना हुने भारत–चीन कूटनीतिक परामर्श संयन्त्रको भर्चुअल माधयमको १४औँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डल गठन गर्ने निर्णयसमेत गरेको छ ।

त्यसैगरी यही जेठ २९ देखि आगामी असार ५ गतेसम्म जर्मनी, बेल्जियम र फ्रान्समा हुने कृषि, फलफूल र सहकारीसम्बन्धी कार्यक्रममा सहभागी हुन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री नेतृत्वको भ्रमण टोलीलाई स्वीकृति प्रदान गर्ने सरकारको निर्णय छ ।

रुवान्डाको किगालीमा आयोजना हुने टेलिकम्युनिकेशन कार्यक्रममा भाग लिन सञ्चारमन्त्रीलाई स्वीकृति दिने निर्णय पनि गरिएको छ । मन्त्रिपरिषद्ले लोक सेवा आयोगको सिफारिस बमोजिम नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढुवा नियुक्ति तथा पदस्थापन गर्ने निर्णय गरेको मन्त्री कार्कीको भनाइ छ ।

वि.सं.२०७९ जेठ ११ बुधवार १६:४० मा प्रकाशित

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

काठमाडौँ । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...