back
CTIZAN AD

रुपन्देहीको तिलोत्तमाको नगर प्रमुखमा कांग्रेसका रामकृष्ण खाँड विजयी

वि.सं.२०७९ जेठ १३ शुक्रवार

1.2K 

shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा साझा गठबन्धनबाट मेयरको उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् ।

मेयरका उम्मेदवार खाँणले २४ हजार ३९६ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्द्धी एमालेबाट मेयरको उम्मेदवार रहेका मोहन चापागाईंले २३ हजार ६३१ मत ल्याएका थिए । चापागाईँ ७६५ मतले खाँडबाट पराजित भएका हुन् ।

गृहमन्त्री बालकृष्ण खाँडका भाइ रहेका मेयर रामकृष्ण नेपाली कांग्रेस रुपन्देहीका सभापति समेत हुन् ।

त्यसैगरी उपमेयरमा एमालेकी उम्मेदवार जगेश्वरीदेवी चौधरी विजयी भएकी छन् । चौधरीले २३ हजार ८६ मत ल्याएर विजयी हुँदा गठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेले ११ हजार ५४६ मत मात्रै प्राप्त गरे । चौधरीले पाण्डेलाई झण्डै दोब्बर मतले पराजित गरेकी हुन् ।

जम्मा १७ वडा रहेको तिलोत्तमा नगरपालिकामा एमाले ८, नेपाली कांग्रेसले ९ वडा जितेको छ । तिलोत्तमामा ८५ हजार ७४७ मतदाता रहेकोमा ६३ हजार ५८८ मत खसेको थियो ।

वि.सं.२०७९ जेठ १३ शुक्रवार ०८:२६ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...