काठमाडौं । बागमती प्रदेशेको कृषि तथा पशुपंछी विकास मन्त्रालय हेटौडाले करारमा कर्मचारीको माग गरेको छ ।
मन्त्रालयद्धारा संचालन हुने बिभिन्न कृषि कार्यक्रमका लागि विभिन्न प्राविधिक पदहरुमा करारमा कर्मचारीको माग गरेको मन्त्रालयद्धारा जारी सूचनामा उल्लेखछ ।
मन्त्रालयका अनुसार इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिनभित्रमा दरखास्त दिन सकिनेछ । दरखास्त फारम मन्त्रालयबाट लिने सकिने बताइएको छ ।
मन्त्रालयले पशुसेवा अधिकृत २०, कृषि विकास अधिकृत १० र पशु स्वास्थ्य प्राविधिक ३३ जना गरी ६३ जना कर्मचारीको माग गरेको छ ।

वि.सं.२०७९ जेठ १३ शुक्रवार १०:१३ मा प्रकाशित






























