back
CTIZAN AD

संसद बैठकमा प्रचण्डले भने – ओलीबाहेक एमालेका सबै नेताहरूसँग सहकार्य गर्न सकिन्छ

वि.सं.२०७९ जेठ १४ शनिवार

741 

shares

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका सबै नेता कार्यकर्तासँग सहकार्य हुन सक्ने बताएका छन् । शनिबार संसद बैठकमा प्रचण्डले एमाले अध्यक्ष केपी ओली अझै पनि दम्भ र अहंकारबाट पछि नहटेको बताएका हुन् ।

केपी ओलीकै व्यवहारका कारण वामपन्थी पार्टीहरू मिलेर काम गर्न नसक्ने अवस्था रहेको उनको भनाइ छ । तर, एमाले अध्यक्ष ओलीबाहेक अन्य नेता कार्यकर्तासँग भने सहकार्य हुन सक्ने प्रचण्डले बताए ।

‘नेकपा एमालेका धेरै कार्यकर्ताप्रति मलाई भरोसा र विश्वास छ । तर, यति धेरै दम्भ र अहंकार नहुने हो भने वामपन्थी सहकार्यको वातावरण बन्न सक्छ,’ प्रचण्डले भने ।

गत बिहीबार संसदमा बाेल्दै एमाले अध्यक्ष ओलीले दिएकाे अभिव्यक्तिले आफुलाइ चिन्ता लागेकाे उनले बताए । उनले भने, ‘सरकार ढल्यो, उहाँ बालुवाटारबाट बालकोट पुग्नुभयो । सातै प्रदेशको सरकार पनि ढल्यो, राष्ट्रिय सभाको निर्वाचनमा उहाँहरुले जे बेहोर्नुभयो । बार एशोसिएशनको चुनाव भयो । यी सबैबाट रिअलाइजेसन भयो होला भन्ने लागेको थियो । स्थानीय तहको निर्वाचनपछि त आत्मसमीक्षा गर्नुभयो होला भन्ने लागेको थियो । वामपन्थी एकताको पक्षमा वातावरण बनाउने पक्षमा कुरा गर्नुहुन्छ कि भन्ने लागेको थियो । पुनःसमीक्षा गर्नेतिर जानुहुन्छ भन्ने लागेको थियो । तर, बिल्कुल आफ्नो अहंकार र दम्भबाट पछि हट्नुभएको छैन ।’

तत्कालीन नेकपाको बहुमत रहेको स्मरण गर्दै प्रचण्डले भने, ‘आज यो परिस्थिति कसले बनायो ? यसको जिम्मेवारी लिने को ?’ नेकपामा विवाद भएपछि आधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमतिबाट पछाडि हटेर आफूले ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री छाड्दा पनि संसद् विघटन र पार्टी विभाजन रोक्न नसकिएको उनले बताए ।

एमालेको पराजयमा पार्टीभित्रको गम्भीर अन्तर्घात रहेको टिप्पणी ओलीले गरेको र त्यसको गहिरो विश्लेषण हुने अपेक्षा पनि गरेको प्रचण्डले बताएका छन् । त्यसबाहेक ओलीले संसद्मा गरेको तीन घण्टा लामो सम्बोधनमा कतै ओलीको रिअलाइजेसन र वामपन्थी एकताको कुरा आउँछ कि भनेर पूरै सम्बोधन ध्यानपूर्वक सुनेको प्रचण्डले बताएका थिए ।

वि.सं.२०७९ जेठ १४ शनिवार १६:४२ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...