back
CTIZAN AD

लोमान्थाङका चोक र सडक छेउमा सडक बत्ती जडान

वि.सं.२०७९ जेठ १५ आइतवार

702 

shares

लोमान्थाङ (मुस्ताङ) । माटोको पर्खालले घेरिएको मुस्ताङको धार्मिक, पर्यटकीय महत्वको ऐतिहासिक र सांस्कृतिक बस्ती लोमान्थाङमा सडक बत्ती जडान भएको छ ।लोमान्थाङ गाउँपालिकाको केन्द्रसमेत रहेको लोमान्थाङका चोक र सडक छेउमा सडक बत्ती जोडेर रातको समयमा उज्यालो बनाइएको हो ।

अमेरिकन हिमालयन फाउण्डेशनको आर्थिक सहयोगमा लोमान्थाङ गाउँपालिका र जिग्मे फाउण्डेशनको समन्वयमा १५०सडक बत्ती जडान गरिएको उपभोक्ता समितिका अध्यक्ष छेवाङ गुरुङले जानकारी दिए ।

“लोमान्थाङको पर्खालभित्र र बाहिरको सडक छेउमा बत्ती जडान गरिएको छ,” उनले भने “रातको समयमा उज्यालो हुँदा हिँडडुल गर्न सहज हुनुका साथै गाउँ आकर्षक बनेको छ ।” एक सय ४६ वटा काठका पोल र चार वटा व्यक्तिका घरमा सडक बत्ती जडान गरिएको छ । काठका पोललाई कलात्मक बनाइएको छ । बस्तीभित्र विद्युत्को तारलाई भूमिगत बनाइएको छ । सन् २०२० देखि सुरु गरिएको सडक बत्ती जडान गर्ने काम केही दिनअघि मात्रै सकिएको हो ।

जिग्मे फाउण्डेशनका कार्यक्रम निर्देशक पाङदेन ढोल्कर गुरुङले सडक बत्ती जडान गर्न रु ४९ लाख खर्च भएको जानकारी दिए । केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेपछि जनप्रतिनिधिहरुले सडक बत्ती जडानको योजना अघि सारेका थिए ।

सडक बत्तीको मिटर बक्स जडान गरेको लोमान्थाङ गाउँपालिकाले महशुल तिर्ने व्यवस्था मिलाएको छ । माटोको पर्खालभित्र रहेको लोमान्थाङको मुख्य बस्तीमा तत्कालीन मुस्ताङ राजाको दरबार र गुम्बासहित करिब २०० माटोले बनेका घर छन् । ऐतिहासिक महत्वको लोमान्थाङ बस्ती पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ ।

वि.सं.२०७९ जेठ १५ आइतवार ०८:०८ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...