back
CTIZAN AD

सोरु गाउपालिकाको निर्णय : भ्रष्टचारमुक्त पालिका र महिलालाई पोषण कार्यक्रम

वि.सं.२०७९ जेठ १६ सोमवार

975 

shares

मुगु । जिल्लाको चारवटा स्थानीय तहमध्ये सोरु गाउँपालिकाको पहिलो कार्यपालिकाको बैठकले भ्रष्टाचार  मुक्त पालिका र महिलालाई पोषण कार्यक्रम लागू गर्ने निर्णय गरेको छ ।

गाउँपालिकादेखि कार्यपालिकाको निर्बाचन सकिए लगत्तै बैठक बसेर पालिकालाई भ्रष्टचारमुक्त, महिलालाई पोषण कार्यक्रम तथा वडातहमै स्थानीयलाई सेवाप्रबाह गर्ने निर्णय गरिएको अध्यक्ष धर्मबहादुर शाहीले बताए ।

अघिल्लो बर्षको जनप्रतिनिधिले संचालन गरेको पालिका भन्दा बिशेष फरक तरिकाबाट प्रशासनिक कामकाज सेवाप्रबाह बिकास सुरु गरिने अध्यक्षको भनाई छ ।

भ्रष्टाचार न्यूनिकरण नभएसम्म बिकास निर्माणको प्रतिफल नदेखिने भएको पहिलो कार्यपालिकाको बैठकले पालिकालाई भ्रष्टचारमुक्त बनाउने निर्णय गरेको उपाध्यक्ष केशरजंग शाहीको भनाई छ । अब देखि यो पालिकाको कार्यशैली बिकास निर्माण कर्मचारी परिचालन र स्थानीयलाई सेवाप्रबाहका काम अत्यन्तै फरक ढंगले अघि बढने उपाध्यक्षले जनाए ।

नवनिर्बाचित जनप्रतिनिधिले सोरु गाउँपालिकाको मुहार परिर्वतन गर्न नसके भोट हालेर जिताउने स्थानीयको सराप लाग्ने उनको भनाई छ ।

वि.सं.२०७९ जेठ १६ सोमवार ११:५२ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...