back
CTIZAN AD

विमान दुर्घटनामा मृत्यु हुनेहरुको शब काठमाडौं ल्याइने

वि.सं.२०७९ जेठ १६ सोमवार

828 

shares

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा मृत्यु हुनेहरुको शब काठमाडौं ल्याइने भएको छ ।

आइतबार पोखराबाट मुस्ताङका लागि उडेको केही समयमै वेपत्ता भएको तारा एयरको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ को सानुसारे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार दुर्घटनामा परेर मृत्यु भएकाहरुको १९ जनाको शव फेला परेको छ । उक्त शबहरु पोष्टमार्टमका लागि काठमाडौं ल्याउन लागिएको हो ।

प्रहरी प्रवक्ता (एसपी) कृष्णकुमार केसीले उक्त शबहरुको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिने जानकारी दिएका छन् ।

आइतबार पोखराबाट मुस्ताङका लागि उडेको उक्त जहाजमा चालकदलका सदस्यसहित २२ यात्रु छन् । विमानमा २ जर्मनी र ४ भारतीय पनि रहेका थिए । विमान १४ हजार ५०० फिटको उचाईमा दुर्घटना भएको तारा एयरले जनाएको छ ।

जहाज दुर्घटनाको पुष्टि गर्दै तारा एयरले भन्यो– दुर्घटनाको जानकारी गराउँदा स्तब्ध छौ

वि.सं.२०७९ जेठ १६ सोमवार ११:३८ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...