back
CTIZAN AD

तत्काल पाठ्यपुस्तक पुर्‍याउने व्यवस्था गर्न अखिल क्रान्तिकारीको माग

वि.सं.२०७९ जेठ १६ सोमवार

765 

shares

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएको छ । सरकारले शैक्षिक सत्र सुरु भैसक्दा पनि सामूदायीक विद्यालयहरुमा पाठ्यपुस्तक पुर्याउन नसकेको भन्दै सर्बत्र आलोचना भइरहेका बेला क्रान्तिकारीले पाठ्यपुस्तकको तत्काल व्यवस्था गर्न आग्रह गर्दै मन्त्रीलाइ ज्ञापन पत्र बुझाएको हो ।

सरकारी विद्यालयको पठ्यपुस्तक छाप्ने काम अर्को सरकारी संस्थान जनक शिक्षा सामाग्ररी लिमिटेडले पाएको छ । तर, केही दिन अघि जनक शिक्षा सामाग्री केन्द्रका महाप्रबन्धक अनिल कुमार झाले रुस–युक्रेन युद्धका कारण कागज नपाउँदा पुस्तक छपाईमा ढिला भएको भन्दै आफ्नो बचाउ गरेका थिए ।

रुस–युक्रेन युद्धका कारण पुस्तक नछापिएको हैनः मन्त्री पौडेल

अखिल क्रान्तिकारीले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै शिक्षा मन्त्री पौडेलले रुस युक्रेन युद्धका कारण पुस्तक नछापिएको भन्ने कुरा गलत भएकाे बताए । भारतबाट आयत हुने कागको मूल्य केहि बढेका कारण कागज आयत नहुँदा छपाईमा समस्या भएको उनले बताए । अब केहि समयमा नै देशैभरिका विद्यालयहरुमा पुस्तक पुगिसक्ने मन्त्री पाैडेलले जानकारी दिए ।

“जनक शिक्षालाई चोबिसै घण्टा पुस्तक छाप्न निर्देशन दिएको छु”, मन्त्री पौडेलले भने, “अब केहि दिनमा विद्यालयहरुमा पुस्तक पुगिसक्छ ।”

स्मरण रहोस् यो वर्ष सरकारले जनक शिक्षलाई मात्र सरकारी पुस्तक छाप्ने अनुमती दिएको छ । जसका कारण निजि छापाखानाहरु सरकारसँग रुष्ट छन् ।

वि.सं.२०७९ जेठ १६ सोमवार १७:३९ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...