काठमाडौं । काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको विमान अवतरण नै नगरि काठमाडौं फिर्ता भएको छ ।
विमानको टायरमा समस्या देखिएपछि विमान आकाशबाटै काठमाडौं फिर्ता भएको हो । त्रिभुवन विमानस्थल नागरिक उड्डय कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले विमानबीच बाटोबाटै फर्किएको बताए ।
बिहान १० बजेर ४३ मिनेट काठमाडौंबाट उडेको फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । विमानमा ६९ जना यात्रु सवार थिए ।
सिटौलाका अनुसार उक्त विमानमा रहेका यात्रुहरूलाई अर्को विमानमा चढाएर भद्रपुरतर्फ पठाउने तयारी भइरहेको छ।
वि.सं.२०७९ जेठ १८ बुधवार १२:३७ मा प्रकाशित





























