back
CTIZAN AD

४८ दिनदेखि अचेत छन भुवन, जिवन वचाईदिन परिवारको अपिल

वि.सं.२०७३ चैत ८ मंगलवार

780 

shares

bhuban1अनिल वाग्ले ८ चैत, बुधबारे । बुद्धशान्ति गाउँपालिका २ जयपुरका २३ बर्षिय भुवन पौड्याल ४८ दिनदेखि जीवनमरणको दोसाँधमा हस्पतालको शैयामा छट्पटाइरहेका छन् । गत माघ १८ गते सवारी दुर्घटनामा परि शक्त घाइते भएका पौड्याल यतिवेला विर्तामोडको विएण्डसी अस्पतालमा उपचाररत् छन् ।

घरबाट विर्तामोड जानेक्रममा माघ १८ गते मे १ त ४८७७ नम्बरको ट्याक्टरले स्कुटीमा सवार उनलाई ठक्कर दिँदा उनको टाउकोमा गम्भिर चोट लागेको छ । ‘छोरा दुर्घटना भएको सुन्ना साथ अस्पताल लगियो, टाउकोमा नराम्ररी चोट लागेको रहेछ दाइने खुट्टा पनि भाँचिएको रहेछ –घाइतेका बुवा देवीबहादुर पौड्यालले भने ‘उनको उपचारमा २० लाख बढी सक्किसक्यो, अव उपचार गराउने पैसा समेत छैन ।’

विर्तामोड स्थित कन्काई कलेजबाट कक्षा १२ को परीक्षा दिएका भुवनलाई बचाइदिन परिवारजनले सबैसँग अपिल गरेको छ । घाइतेका वुवा देवीबहादुरले छोराको अवस्थाले परिवारमा आशुँको सागर बगेपनि उपचार खर्च जुटाउनु पर्ने बाध्यात्मक अवस्थाका कारण आफू गम्भिर संकटमा परेको बताएका छन् । ३ सन्तान मध्ये जेठा छोरा अस्पतालको शैयामा मृत्युसँग जुधिरहँदा परिवारमा भने संनाटा छाएको छ । अस्पतालले छोराको स्वास्थ्यमा सुधार आएको बताए पनि आर्थिक अभावले थप उपचार गराउन नसक्ने अवस्थामा आफूहरु पुगेको भन्दै घाइतेका बुबा देवीबहादुरले भाव विव्वल हुँदै सबैसँग सहयोगको अपिल गरेका छन् ।

यता घाइतेका छिमेकी सेमन्त पोखरेलले पनि आर्थिक अभावका कारण छोराको उपचार गर्न सो परिवारमा पैसा नभएकाले सबैलाई सहयोग गरेर एक युवाको जिवन बचाईदिन सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

घाइते भुवनका बुबाले यो अवस्थामा सहयोग गर्नुहुनेलाई कहिल्यै नर्विसिने बताउँदै सहयोग गर्न अपिल गरेका छन् । उनलाई सहयोग गर्न मन हुनेले ९८१८१६०३४३ सम्पर्क गर्न सकिनेछ ।

वि.सं.२०७३ चैत ८ मंगलवार ०६:३८ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...