back

कोटेश्वरमा खुल्यो अन्तर्राष्ट्रियस्तरको बेकरी क्याफे

वि.सं.२०७३ चैत ८ मंगलवार

528 

shares
IME Limited
NTC AD

side-light-board11काठमाडौंको कोटेश्वरमा अन्तर्राष्ट्रिय स्तरको बेकरी क्याफे संचालनमा आएको छ । नेपाली अर्गानिक कफी र ताजा बेकरी उपलब्ध गराउने गरि हिमालयन फ्रेस अरबिका कफी नामक बेकरी क्याफे गत शुक्रवारबाट संचालनमा आएको हो ।

रुफ टपको सुबिधा सहित एकैपटक ५० जना अट्ने क्षमता उक्त क्याफेमा रहेको छ । आकर्षक सजावटका साथ संचालनमा आएको उक्त बेकरी क्याफेले ग्राहकहरुले आफुले चाहे बमोजिमका थ्री।डी। केक, बर्थडे केक, ब्राउन ब्रेड, क्रोसेंट, कुकिज, मफिन, चोकोलाभा, प्याटिज, पिजा, ब्रेकफास्ट, पनिनी, पास्ता, स्यान्डविच, बर्गर, रोल लगायतका बेकरी परिकारहरु आफैंले उत्पादन गरेर ग्राहकको सन्तुष्टि मेट्ने कम्पनीका मेनेजर उमेश सत्यालले जानकारी दिएका छन् ।

कम्पनीले आफ्ना ग्राहकलाई नेपाली शुद्द अर्गानिक कफीको स्वादमा बिभिन्न प्रकारका अन्तर्राष्ट्रिय स्तरका हट एण्ड कोल्ड कफी बेभरेज उपलब्ध गराउने छ ।

संचालनमा आएसंगै ग्राहकलाई कम्पनीले दुई सातासम्म २०५ छुटको व्यवस्था गरिएको सत्यालले बताए । ग्राहकले आफ्नो इच्छा अनुसार अर्डर गरेको केक ४० मिनेट भित्रमा तयार गरेर दिने कम्पनीले प्रतिबद्धता जनाएको छ । कम्पनीले आफ्नो वेबसाइट र फेसबुक पेजबाट समेत बेकरीको अर्डर लिन सकिने व्यवस्था मिलाउने बताएको छ ।

कोटेश्वरस्थित प्रभु बैंकसंगै गौरीसंकर पार्टी भेन्युको पहिलो तल्लामा सिटि भ्युको द्रिस्याबलोकनका साथ कफी पारखीहरुले उक्त बेकरी क्याफेमा भरपुर सन्तुष्टि प्राप्त गर्न सक्नेछन ।

उक्त अन्तराष्ट्रिय क्याफे बैदेशिक रोजगारीका लागि युएइ पुगेका र नेपालमै रहेका युवाहरुको सामुहिक लगानी रहेको बताइएको छ ।

वि.सं.२०७३ चैत ८ मंगलवार ०६:४९ मा प्रकाशित

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

ढोरपाटन, (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि...

कति तोकेको छ त राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ त राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

यो साता सेयर बजार सामान्य बढ्यो, जलविद्युत कम्पनीको दबदवा कायमै

यो साता सेयर बजार सामान्य बढ्यो, जलविद्युत कम्पनीको दबदवा कायमै

काठमाडौं । यो साता सेयर कारोबार परिसूचक (नेप्से) सामान्य अंकले...

लघुवित्तको लाभांशसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने

लघुवित्तको लाभांशसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमार्फत नेपाल...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

तानसेन । जिल्ला ट्राफिक कार्यालयले नियमविपरीत सवारी साधन चलाएका ५९...