back
CTIZAN AD

कोटेश्वरमा खुल्यो अन्तर्राष्ट्रियस्तरको बेकरी क्याफे

वि.सं.२०७३ चैत ८ मंगलवार

873 

shares

side-light-board11काठमाडौंको कोटेश्वरमा अन्तर्राष्ट्रिय स्तरको बेकरी क्याफे संचालनमा आएको छ । नेपाली अर्गानिक कफी र ताजा बेकरी उपलब्ध गराउने गरि हिमालयन फ्रेस अरबिका कफी नामक बेकरी क्याफे गत शुक्रवारबाट संचालनमा आएको हो ।

रुफ टपको सुबिधा सहित एकैपटक ५० जना अट्ने क्षमता उक्त क्याफेमा रहेको छ । आकर्षक सजावटका साथ संचालनमा आएको उक्त बेकरी क्याफेले ग्राहकहरुले आफुले चाहे बमोजिमका थ्री।डी। केक, बर्थडे केक, ब्राउन ब्रेड, क्रोसेंट, कुकिज, मफिन, चोकोलाभा, प्याटिज, पिजा, ब्रेकफास्ट, पनिनी, पास्ता, स्यान्डविच, बर्गर, रोल लगायतका बेकरी परिकारहरु आफैंले उत्पादन गरेर ग्राहकको सन्तुष्टि मेट्ने कम्पनीका मेनेजर उमेश सत्यालले जानकारी दिएका छन् ।

कम्पनीले आफ्ना ग्राहकलाई नेपाली शुद्द अर्गानिक कफीको स्वादमा बिभिन्न प्रकारका अन्तर्राष्ट्रिय स्तरका हट एण्ड कोल्ड कफी बेभरेज उपलब्ध गराउने छ ।

संचालनमा आएसंगै ग्राहकलाई कम्पनीले दुई सातासम्म २०५ छुटको व्यवस्था गरिएको सत्यालले बताए । ग्राहकले आफ्नो इच्छा अनुसार अर्डर गरेको केक ४० मिनेट भित्रमा तयार गरेर दिने कम्पनीले प्रतिबद्धता जनाएको छ । कम्पनीले आफ्नो वेबसाइट र फेसबुक पेजबाट समेत बेकरीको अर्डर लिन सकिने व्यवस्था मिलाउने बताएको छ ।

कोटेश्वरस्थित प्रभु बैंकसंगै गौरीसंकर पार्टी भेन्युको पहिलो तल्लामा सिटि भ्युको द्रिस्याबलोकनका साथ कफी पारखीहरुले उक्त बेकरी क्याफेमा भरपुर सन्तुष्टि प्राप्त गर्न सक्नेछन ।

उक्त अन्तराष्ट्रिय क्याफे बैदेशिक रोजगारीका लागि युएइ पुगेका र नेपालमै रहेका युवाहरुको सामुहिक लगानी रहेको बताइएको छ ।

वि.सं.२०७३ चैत ८ मंगलवार ०६:४९ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको कृषि : विगतका असफल नीति, वर्तमान चुनौती र अबको रूपान्तरणको बाटो

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र आज पनि देशको सबैभन्दा...

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

प्रोग्रेसन होल्डिङ्स लिमिटेड द्वारा ५०% बोनस शेयर प्रस्ताव

काठमाडौं । प्रोग्रेसन होल्डिङ्स लिमिटेड (साबिक प्रोग्रेसन प्रोजेक्ट्स लिमिटेड) ले आफ्नो...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...

अटोमोवाइल क्षेत्रमा नयाँ नियम चुनौतीपूर्ण, नाडा र भन्सार विभागबीच छलफल

अटोमोवाइल क्षेत्रमा नयाँ नियम चुनौतीपूर्ण, नाडा र भन्सार विभागबीच छलफल

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल का प्रतिनिधिहरूले अटोमोवाइल...