back
CTIZAN AD

सोह्र विद्यालयमा साढे दुई करोड रुपैयाँ बजेट

वि.सं.२०७३ चैत ८ मंगलवार

804 

shares

८ चैत, बाजुरा । जिल्लाका सामुदायिक विद्यालयमा खेल मैदान निर्माण गर्नका लागि साढे दुई करोड रुपैयाँ रकम खर्च गरिने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा १६ विद्यालयमा रु दुई करोड ४७ लाख रकम खर्च गर्ने अख्तियारी आएको स्थानीय विकास अधिकारी प्रकाशराज पौडेलले बताउनुभएको छ ।

पौडेलले एक विद्यालयको खेल मैदान बनाउनका लागि रु तीन लाखदेखि रु २० लाख सम्म आएको राससलाई जानकारी दिनुभयो । कार्यक्रममा चैतभित्र ६० प्रतिशत रकम खर्च गरिसक्नुपर्ने प्रावधान रहेको बताउँदै खेल मैदान निर्माण हुनेमा कैलाश तथा पार्वती उच्च मावि, बडिमालिका, मानाकोट, तोली देवल, चोयाकोट र त्रिभुवनेश्वरीका लागि रु २० लाख विनियोजित भएर आएको पौडेलको भनाइ छ ।

यस्तै, जीवन ज्योति मावि, धौलपुरी, मष्टेश्वरी, नन्देश्वरी तथा दुर्गा भवानी मावि र गायत्री प्राविले रु १५ लाख पाउने भएका छन् । त्रिभुवन प्राविमा रु चार लाख र पाण्डप प्राविमा रु तीन लाख छुट्याइएको छ । जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष हीरेन्द्र रोकायाले जिल्लामा खेलकुदको विकासका लागि यस वर्ष ठूलो रकम आएको बताउनुभयो । बजेटले छतारा, कैलाशमाडौँ र तोली गाविसमा रहेका विद्यालयलाई बढी प्राथमिकता दिइएको छ ।

खेल मैदान अभावका कारण जिल्लाका खेलकुदका कार्यक्रम प्रभावित हुँदै आएका थिए । तर यो वर्षदेखि खेल मैदान बन्ने भएपछि खेलप्रेमीमा आशा पलाएको छ ।

वि.सं.२०७३ चैत ८ मंगलवार ०६:१८ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...