back

सोह्र विद्यालयमा साढे दुई करोड रुपैयाँ बजेट

वि.सं.२०७३ चैत ८ मंगलवार

165 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

८ चैत, बाजुरा । जिल्लाका सामुदायिक विद्यालयमा खेल मैदान निर्माण गर्नका लागि साढे दुई करोड रुपैयाँ रकम खर्च गरिने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा १६ विद्यालयमा रु दुई करोड ४७ लाख रकम खर्च गर्ने अख्तियारी आएको स्थानीय विकास अधिकारी प्रकाशराज पौडेलले बताउनुभएको छ ।

पौडेलले एक विद्यालयको खेल मैदान बनाउनका लागि रु तीन लाखदेखि रु २० लाख सम्म आएको राससलाई जानकारी दिनुभयो । कार्यक्रममा चैतभित्र ६० प्रतिशत रकम खर्च गरिसक्नुपर्ने प्रावधान रहेको बताउँदै खेल मैदान निर्माण हुनेमा कैलाश तथा पार्वती उच्च मावि, बडिमालिका, मानाकोट, तोली देवल, चोयाकोट र त्रिभुवनेश्वरीका लागि रु २० लाख विनियोजित भएर आएको पौडेलको भनाइ छ ।

यस्तै, जीवन ज्योति मावि, धौलपुरी, मष्टेश्वरी, नन्देश्वरी तथा दुर्गा भवानी मावि र गायत्री प्राविले रु १५ लाख पाउने भएका छन् । त्रिभुवन प्राविमा रु चार लाख र पाण्डप प्राविमा रु तीन लाख छुट्याइएको छ । जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष हीरेन्द्र रोकायाले जिल्लामा खेलकुदको विकासका लागि यस वर्ष ठूलो रकम आएको बताउनुभयो । बजेटले छतारा, कैलाशमाडौँ र तोली गाविसमा रहेका विद्यालयलाई बढी प्राथमिकता दिइएको छ ।

खेल मैदान अभावका कारण जिल्लाका खेलकुदका कार्यक्रम प्रभावित हुँदै आएका थिए । तर यो वर्षदेखि खेल मैदान बन्ने भएपछि खेलप्रेमीमा आशा पलाएको छ ।

वि.सं.२०७३ चैत ८ मंगलवार ०६:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको...

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको...

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

भयावह बन्दै सडक दुर्घटना, ११ हजार बढीको मृत्यु

काठमाडौँ । गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना...

देशभर अझै केही दिन वर्षा जारी रहने

देशभर अझै केही दिन वर्षा जारी रहने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा...