back
CTIZAN AD

अभिनेत्री मिरुना मगरले भनिन्–गलतको विरुद्ध जहिल्यै लडनुहोस्

वि.सं.२०७९ जेठ १९ बिहीवार

879 

shares

काठमाडौं । अभिनेत्री मिरुना मगरले आफुमाथि भएको अन्याय र अत्याचारका विरुद्धमा सधै आवाज उठाउन अनुरोध गरेकी छन् ।

कबड्डि फिल्मकी अभिनेत्री मगरले जेठ १५ गते सिभिल मलमा मुग घर भएका फूर्पा तामाङले आफुमाथि गरेको दुव्र्यवहारका लागी निःस्वार्थ रूपमा माफी मागेको र आफुले पनि उनको माफी स्विकारेको बताएकी छन् ।

‘फूर्पा तामाङले जेठ १५ गते सिभिल मलमा आफूले अनुचित ढंगले नै मलाई छोएको र जेठ १७ गतेको दिन आफूबाट भएको यो दुर्व्यवहारको लागी निःस्वार्थ रूपमा माफी मागेको र मैले उहाँको माफी स्विकार गरेकी छु,’ सामाजिक संजालमा मगरले भनेकी छन्, ‘सबै पक्षका अग्रज प्रतिनिधी, बरिष्ठ लामागुरूहरू लगायत दुवै पक्षबाट सहमति भएको हो । जेठ १५ मा भएको मेरो कार्य कुनै पनि धर्म र समाज विरुद्ध नभई व्यक्ति विरुद्ध भएता पनि यस घटनाबाट जान अन्जानमा दुखित हुनुहुने बृहत समुदायमा म हार्दिक क्षमायाचना गर्दछु ।’

अभिनेत्री मगरले कठिन समयमा मलाई आफ्लाई दिएको अपार समर्थन र हिम्मत अनि मायाको लागी सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै ती मध्ये धेरैले आफुमाथि भएको घटना आफ्ुसमक्ष बाड्न आएको भन्दै चुपचाप आफूले कहिल्यै पनि यस्ता पीडा नसहन अनुरोध गरेकी छन् ।

‘तपाईहरू मध्ये धेरैले मसंग बाड्न आउनु भएको मेरा जस्तै घटनाका कथाहरूबाट म अत्यन्तै प्रभावित भएकि छु । यो समयमा यी कथाहरूबाट साहस जुटाउन सकेकोमा म तपाईंहरूको प्रंशसा नगरी रहन सक्दिन,’ उनले भनेकी छन्, ‘चुपचाप आफूले कहिल्यै दुःख नसहनुहोस् र गलतको विरुद्ध जहिल्यै लडनुहोस्, अहिलेलाई जतिनै कठिन भए पनि भोलीको दिन परिवर्तन अवस्य होला। “कुनै पनि सहि कार्य गर्नुको निम्ति समय गलत हुँदैन ।’

अभिनेत्री मगरले जेठ १५ गते सिभिल मलको कफी सपमा फुर्वा तामाङले आफुलाई अनुचित ढंगले छोएको आरोप लगाउँदै तामाङविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीबाट तत्कालै पक्राउ परेका तामाङ तीन हजार धरौटीमा रिहा भएका थिए ।

मंगलबार मगर र तामाङ दुवैपक्षबीच भएको सहमतिमा तामाङले आफ्नो गल्ती स्वीकारेको र मगरले पनि भाइ सम्झिएर माफी दिएपछि विवाद समाधान भएको थियो ।

वि.सं.२०७९ जेठ १९ बिहीवार ११:२२ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...