काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक एक पक्षले जबरजस्ती राख्न खोजेपछि बाँकेको नेपालगञ्ज तानवग्रस्त भएको छ ।
बिहीबार बिहान वीरेन्द्रचोकमा राजा वीरेन्द्र शाहको शालिक राख्न खोज्दा प्रशासनले अवरोेध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको थियो । सोक्रममा प्रहरीले केही राउण्ड हवाई फायरसमेत गरेको थियो ।
झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । झडप भएपछि सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
प्रहरीले बल प्रयोग गर्दै सालिक हटाएको छ भने स्थानीयले शालिक हटाएको आक्रोशमा न्युरोडस्थित सेतु बिकको शालिकमा तोडफोड गरेका छन् ।
२०६२/०६३ को जनआन्दोलनको समय धम्बोझी चोकस्थित राजा वीरेन्द्रको शालिक तोडफोड भएको थियो । वीरेन्द्रको शालिक हटाएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो । राष्ट्रिय झण्डा राखिएको ठाउँमा राजावादी पक्षले पटक–पटक वीरेन्द्रको शालिक राख्ने प्रयास गर्दै आएका छन् ।
वि.सं.२०७९ जेठ १९ बिहीवार १२:०१ मा प्रकाशित





























