काठमाडौं । उच्च अदालत पोखराले नायक पल शाहलाई थुनामै राख्न राखेर मुद्दा अगाडि बढाउन आदेश दिएको छ ।
नाबालिग बलात्कार मुद्दामा जिल्ला कारागार तनहुँको थुनामा रहेका नायक शाहलाई तारेखमा छाड्न अस्वीकार गर्दै उच्च अदालत पोखराले तनहुँ र नवलपुर अदालतको आदेशलाई नै सदर गरेको हो । अदालतले शाहलाई थुनामै राखेर मुद्दा अगाडि बढाउन आदेश दिएको हो ।
यसअघि चैत १० गते जिल्ला अदालत तनहुँ र नवलपुरले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि शाह त्यसविरुद्ध उच्च अदालत पोखरामा गएका थिए । उच्च अदालत पोखराका रजिष्टार विष्णु प्रसाद आचार्यका अनुसार न्यायाधीश उज्जवल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्लाकै आदेशलाई सदर गर्दै शाहलाई थुनामा राख्न आदेश दिएको हो ।
वि.सं.२०७९ जेठ १९ बिहीवार २०:५१ मा प्रकाशित






























