back
CTIZAN AD

अप्पर सोलुको आईपीओका लागि आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७९ जेठ २० शुक्रवार

918 

shares

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिकले आयोजना प्रभावित स्थानीयका लागि जारी गरेको आईपीओलाई आवेदन दिने आज जेठ २० गते अन्तिम दिन रहेको छ । कम्पनीले गत बैशाख २२ गतेदेखि स्थानीयका लागि आइपीओ विक्रि खुला गरेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजनाबाट असर पर्न सक्ने सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका(साविकको टाकासेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ग्ला गाविस)का बासिन्दाका लागि साधारण शेयर निष्काशन गरेको उल्लेख गरेको छ ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु १३ करोड ५० लाख मूल्य बराबरको १३ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक शेयर (आइपीओ)को बिक्री खुला गरेको हो । आयोजना प्रभावीत स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् ।

कम्पनीले स्थानीयलाई शेयर बाँडफाँड गरीसके पश्चात सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने छ । शेयर निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका हुँदै बहने सोलुखोलामा २३.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

अप्पर सोलुको पहिलो चरणको आइपिओ खुला

वि.सं.२०७९ जेठ २० शुक्रवार १२:५८ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...