back
CTIZAN AD

बेलायतका नेपालीले अब स्टर्लिङ पाउण्डमै नेपाली बैंकमा खाता खोल्न पाउने

वि.सं.२०७९ जेठ २० शुक्रवार

828 

shares

लण्डन । नेपाल सरकारले स्टर्लिङ पाउण्डलगायत छ वटा मुद्रामा नेपाली बैँकमा खाता खोली पैसा जम्मा गर्न पाउने र त्यसबाट प्राप्त ब्याज नेपालबाहिर ल्याउन पाउने व्यवस्था गरेको छ ।

यसबाट बेलायतमा रहेका नेपालीहरु पनि लाभान्वित हुने भएका छन् । बेलायतमा कार्यालय रहेको नेपालको ‘क’ वर्गको बैँक ग्लोबल आइएमईका प्रमुख प्रतिनिधि अमित चालिसे सरकारको यस नीति अनुसार ग्लोबल आइएमई बैँकले प्रोडक्ट पनि बजारमा ल्याइसकेको जानकारी दिएका छन् ।

न्यूनतम ५ हजार डलर मौज्दात राख्नुपर्ने यस किसिमको योजनामा ग्लोबल आइएमई बैँकले वचतमा ३ प्रतिशत र फिक्स्डमा ४ प्रतिशत ब्याज दिने भएको छ । चालिसे भन्छन्, ‘यो योजनाको सबैभन्दा राम्रो पक्ष नै पाकेको ब्याज जुनसुकै बेला फिर्ता ल्याउन सक्नु हो ।’ उनका अनुसार नेपाल राष्ट्र बैँकले नेपालको बैँक खाताबाट सीधै यहाँको बैँकमा त्यस्तो ब्याज ल्याउन अनुमति दिएको हो ।

ग्लोबल आइएमई बैँकले त्यस्तो खाता खोल्ने ग्राहकलाई भिजा कार्ड, इन्टरनेट बैँकिङ सेवा पनि उपलब्ध गराउने छ । चालिसेका अनुसार अहिले ग्लोबल आइएमई बैँकको बेलायत कार्यालय यस्तो खाता खोल्न तयारी अवस्थामा छ । करिब दुई दिनमा त्यस्तो खाता तयार हुनेछ । ‘अहिलेका लागि कागजको फाराम भर्नुपर्ने हुन्छ तर केही दिनमै डिजिटल फाराम भर्ने व्यवस्था पनि बनाउँदैछौँ’ उनले भने ।

खाता खोल्नका लागि एनआरएनए कार्ड भने अनिवार्य छ । एनआरएनए कार्ड नेपाली मूलका तर अहिले अन्य देशको नागरिकता लिइसकेका तथा दुई वर्षदेखि सार्क मुलुकबाहिर बसिरहेका नेपालीहरुले पाउन सक्छन् । त्यसैले यस योजनामा बेलायतमा रहेका बेलायती नागरिकता लिएका नेपाली मूलका मानिसहरु मात्र होइन दुईवर्ष भन्दा लामो समयदेखि बेलायतमा बसोबास गरिरहेका नेपालीहरु र गोरखा सैनिकहरुले पनि फाइदा लिन पाउने छन् ।

एनआरएन कार्ड लण्डनस्थित नेपाली दुताबासबाट पाउन सकिन्छ । विदेशी नागरिकता लिइसकेकाहरुका लागि यस्तो कार्ड बनाउन ३६५ पाउण्ड र नेपाली नागरिकता नत्यागेकाहरुका लागि ५५ पाउण्ड शुल्क तोकिएको छ ।

खाता खोल्न ग्लोबल आइएमई बैँकले ग्राहकहरुको सूचना प्रमाणीकरण गर्ने पनि सरलीकृत सेवा ल्याउँदैछ । चालिसे भन्छन्, ‘पहिलेजस्तो बैँक खाता सक्रिय बनाउन कार्यालय नै आउनु पर्दैन, भिडियोबाट नै प्रमाणीकरण गर्न सकिनेछ ।’
नेपालमा खोलिएको यस्तो खाताबाट अरु पनि लाभ पाउन सकिन्छ । बैँकहरुले ती खातामा रहेको मौज्दातको ९० प्रतिशतसम्म ऋण पनि दिने बताइएको छ । त्यस्तै त्यस खाताबाट नेपालमा नै लगानी गर्न पनि पाइन्छ ।

यस्तो खाता व्यक्तिगत, संयुक्त र संस्थागत पनि खोल्न सकिने छ । संस्थागत खाता खोल्नका लागि संस्था सम्बन्धित मुलुकमा दर्ता भएको प्रमाणपत्र र त्यस्तो संस्था गैरआवासीय नेपालीहरुले सञ्चालन गरेको हुनुपर्ने छ ।

चालिसेका अनुसार यस्तो खातामा प्राप्त ब्याजमा नेपालको कानुनअनुसार व्यक्तिले ५ प्रतिशत र संस्थाले १५ प्रतिशत लाभकर तिर्नपर्ने हुन्छ । यस्तै बेलायत सरकारले तोकेको करसमेत तिर्नपर्ने हुनसक्छ । उता ग्लोबल आइएमई बैँकले ब्याज विदेशमा लैजाँदा लाग्ने स्विफ्ट चार्ज भने हाललाई मिनाहा गरेको छ । ‘सबै कर कटाएर पनि ग्लोबल आइएमई बैँकमा करिब ३.२ प्रतिशत नाफा कमाउन सकिन्छ’ चालिसेले भने ।

No description available.

वि.सं.२०७९ जेठ २० शुक्रवार १५:०२ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...