back

नेपालमा पाँच हजारभन्दा बढी प्राकृतिक ताल,हुम्लामा मात्रै तीन सय ८१ ताल

वि.सं.२०७३ चैत ८ मंगलवार

708 

shares
IME Limited
NTC AD

rara-tal

८ चैत, काठमाडौँ । राष्ट्रिय ताल संरक्षण विकास समितिले नेपालमा पाँच हजार तीन सय ५८ वटा प्राकृतिक ताल रहेको जनाएको छ ।

पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेका ५०० मिटर उचाइभन्दा तल दुई हजार ७१२ वटा, ५०० मिटरभन्दा माथि तीन हजार मिटरभन्दा तल्लो क्षेत्रमा ४१९ र तीन हजारभन्दामाथि उचाइका दुई हजार २२७ ताल रहेका छन् ।

समितिका अध्यक्ष नानीकाजी थापाले पोखरीभन्दा ठूला पानी जम्मा भएका ठाउँलाई तालको रुपमा वर्गीकरण गरिएको बताउनुभयो । “तालले पर्यटनको आगमनसँगै माछापालन र मनोरञ्जनमा ठूलो सहयोग पुगेको छ,”उहाँले भन्नुभयो ।

नेपालका बाँतर (सर्दार), बाह्रामुस, बोटे, दनुवार, दरै, दुसाध, झाङ्गड, केवट, सवास (राझी), खुना, कुमाल, कुसहर माझी, पोडेलगायत समूहले तालतलैयाबाट आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । सबैभन्दा धेरै तालतलैया भएका जिल्लामध्ये हुम्लामा तीन सय ८१, ताप्लेजुङमा तीन सय ८०, कपिलबस्तुमा तीन सय ५१, सोलुखुम्बुमा तीन सय ३९, रुपन्देहीमा दुई सय ८९, बाँकेमा दुई ४३, धनुषामा दुई सय ३० तथा डोल्पामा २१० ताल रहेका तथ्याङ्क छ ।

विसं २०६३ फागुन २३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार नेपालका सम्पूर्ण ताल तलैया, दह, कुन्ड, पोखरी एवम् सिमसारको संरक्षण तथा सम्बद्र्धनका लागि समितिको स्थापना भएको थियो । समितिले ताल संरक्षणका लागि सम्पूर्ण तालको तथ्याङ्क सङ्कलन गरी सरकारलाई आवश्यक परामर्श दिँदै आएको अध्यक्ष थापाले बताउनुभयो ।

वि.सं.२०७३ चैत ८ मंगलवार १२:१६ मा प्रकाशित

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

ढोरपाटन, (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि...

बुकीपाटनका पहाडै ढाकिने भेडाको बथान बन्यो पर्यटकको आकर्षण

बुकीपाटनका पहाडै ढाकिने भेडाको बथान बन्यो पर्यटकको आकर्षण

डम्मर बुढामगर, ढोरपाटन (बागलुङ) । बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती...

अन्नपूर्ण आधार शिविरमा जाने पर्यटक बढे

अन्नपूर्ण आधार शिविरमा जाने पर्यटक बढे

बेनी (म्याग्दी) । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम...

पर्यटक लोभ्याउँदै भुजुङ

पर्यटक लोभ्याउँदै भुजुङ

गण्डकी । ढुङ्गा र जस्ताले छाएका गुजुमुज्ज घरहरू, ढुङ्गाले छापिएका...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै चार जिल्लाका ११ स्थानीय तह

‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै चार जिल्लाका ११ स्थानीय तह

भोजपुर । ‘ग्रेटर मुन्दुम पदमार्ग’ विस्तार हुने भोजपुरसहित चार जिल्लाका...