back
CTIZAN AD

नेपालमा पाँच हजारभन्दा बढी प्राकृतिक ताल,हुम्लामा मात्रै तीन सय ८१ ताल

वि.सं.२०७३ चैत ८ मंगलवार

1.4K 

shares

rara-tal

८ चैत, काठमाडौँ । राष्ट्रिय ताल संरक्षण विकास समितिले नेपालमा पाँच हजार तीन सय ५८ वटा प्राकृतिक ताल रहेको जनाएको छ ।

पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेका ५०० मिटर उचाइभन्दा तल दुई हजार ७१२ वटा, ५०० मिटरभन्दा माथि तीन हजार मिटरभन्दा तल्लो क्षेत्रमा ४१९ र तीन हजारभन्दामाथि उचाइका दुई हजार २२७ ताल रहेका छन् ।

समितिका अध्यक्ष नानीकाजी थापाले पोखरीभन्दा ठूला पानी जम्मा भएका ठाउँलाई तालको रुपमा वर्गीकरण गरिएको बताउनुभयो । “तालले पर्यटनको आगमनसँगै माछापालन र मनोरञ्जनमा ठूलो सहयोग पुगेको छ,”उहाँले भन्नुभयो ।

नेपालका बाँतर (सर्दार), बाह्रामुस, बोटे, दनुवार, दरै, दुसाध, झाङ्गड, केवट, सवास (राझी), खुना, कुमाल, कुसहर माझी, पोडेलगायत समूहले तालतलैयाबाट आफ्नो जीविकोपार्जन गर्दै आएका छन् । सबैभन्दा धेरै तालतलैया भएका जिल्लामध्ये हुम्लामा तीन सय ८१, ताप्लेजुङमा तीन सय ८०, कपिलबस्तुमा तीन सय ५१, सोलुखुम्बुमा तीन सय ३९, रुपन्देहीमा दुई सय ८९, बाँकेमा दुई ४३, धनुषामा दुई सय ३० तथा डोल्पामा २१० ताल रहेका तथ्याङ्क छ ।

विसं २०६३ फागुन २३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार नेपालका सम्पूर्ण ताल तलैया, दह, कुन्ड, पोखरी एवम् सिमसारको संरक्षण तथा सम्बद्र्धनका लागि समितिको स्थापना भएको थियो । समितिले ताल संरक्षणका लागि सम्पूर्ण तालको तथ्याङ्क सङ्कलन गरी सरकारलाई आवश्यक परामर्श दिँदै आएको अध्यक्ष थापाले बताउनुभयो ।

वि.सं.२०७३ चैत ८ मंगलवार १२:१६ मा प्रकाशित

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’  हुँदै, ४५ देशका सेफ दमक आउदै

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुँदै, ४५ देशका सेफ दमक आउदै

दमक । नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...