back
CTIZAN AD

जनकपुरबाट भैरहवा जाँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, १५ जना गम्भीर

वि.सं.२०७९ जेठ २२ आइतवार

735 

shares

काठमाडौं । जनकपुरबाट भैरहवा जाँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

जिल्लाा प्रहरी कार्यालय रुपन्देहीका अनुसार जनकपुरबाट भैरहवा जाँदै गरेको लु १ २ ख ३८४१ नम्बरको यात्रुबाहक बस बिहान ४ः४५ मा भैरहवाको रोहिणी गाउँपालिका ३ मा रहेको रोहिणी पुलबाट २० मिटर तल खस्दा बसमा सवार यात्रुमध्ये ९ जनाको मृत्यु भएको हो ।

बसमा सवार ३३ यात्रु मध्ये १५ जना गम्भीर, ९ जना मध्यम घाईतेको भिम अस्पताल र भैरहवा मेडिकलमा उपचार भइरहेको र नौ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी नवरत्न पौडेलले संसारन्युजलाई जानकारी दिएका छन् ।

May be an image of 6 people and outdoors
‘ बसमा सवार ३३ यात्रुमध्ये १५ जना गम्भीर, ९ जना मध्यम रहेका छन् भने ९ जनाको मृत्यु भएको छ ।’ डिएसपी पौडेलले संसारन्युजसँग भने ।

घटनाको खबर हुनासाथ प्रहरी उपरीक्षक रविन्द्र रेग्मीको समन्वयमा गएको टोलीले उद्धार कार्य सम्पन्न गरिसकेको पनि डिएसपी पौडेलले बताए । पौडेलका अनुसार बस अनियन्त्रित भएर पुलमुनि खसेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । तस्बिर :  प्रख्यात बन्जाडे

वि.सं.२०७९ जेठ २२ आइतवार ०७:१२ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...