काठमाडौं । दक्षिण–पूर्वी बंगलादेशमा शनिबार लागेको भीषण आगलागीमा परी २ दमकलकर्मीसहित ३७ जनाको मृत्यु भएको छ ।
शनिबार राति चट्गाउँमा रहेको निजी कम्पनी विएम कन्टेनर डिपोमा भएको आगलागीमा परी झण्डै ३७ जनाको मृत्यु भएको र ४५० बढी घाईते भएको समाचार ऐजेन्सीले जनाएका छन् । आगलागी नियन्त्रणमा लिन सेना परिचालन गरेको समेत बताइएको छ ।
बंगलादेशको फायर सर्भिस एन्ड सिभिल डिफेन्सका अधिकारीका अनुसार आगो निभाउन गएका दमकल विभागका ५ जनाको समेत मृत्यु भएको छ भने १५ दमकलकर्मी समेत घाईते भएका छन् भने आगो निभाउन गएका २ जना वेपत्ता भएका छन् ।
बंगलादेश प्रहरी अफिसर नुरुल आलमका अनुसार अहिलेसम्म ३७ जनाको शब घटनास्थलबाट बाहिर निकालिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा डिपोमा राखिएको केमिकलका कारण आगलागी भएको हुनसक्ने बताइएको छ ।
वि.सं.२०७९ जेठ २२ आइतवार १३:३७ मा प्रकाशित






























