back
CTIZAN AD

सत्ता गठबन्धनका शिर्ष नेताहरुको बालुवाटारमा बैठक सम्पन्न

वि.सं.२०७९ जेठ २३ सोमवार

849 

shares

काठमाडौं । सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको बैठक बालुवाटारमा सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहित प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको उक्त बैठकमा एकिकृत समाजवादीका मन्त्रीहरुको हेरफेर लगायतका विषयमा छलफल भएको बताइएको छ ।

एकिकृत समाजवादी पार्टीको आइतबार बसेको सचिवालय बैठकले हाल सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम अघि सारेको थियो ।

समाजवादीले सहरी विकासमा मेटमणि चौधरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, श्रममन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्यमन्त्रीमा भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो ।

सो पार्टीले स्वास्थ्य मन्त्रालयमा रहेका विरोध खतिवडा, पर्यटनमा प्रेमबहादुर आले, शहरी विकासमा रामकुमारी झाँक्री, श्रममा कृष्णकुमार श्रेष्ठ मन्त्री रहेका थिए । यसअघि राज्यमन्त्री रहेका खापुङलाई हाल मन्त्रीमा बढुवासहितको नाम लिस्ट पठाएको हो । file- photo

वि.सं.२०७९ जेठ २३ सोमवार ११:३८ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान...

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको...

चाँगुनारायणमा चोरी

चाँगुनारायणमा चोरी

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–४ प्रगतिटोलस्थित एक घरबाट सुनका विभिन्न...

मनाइयो विश्व रेडक्रस दिवस

मनाइयो विश्व रेडक्रस दिवस

काठमाडौँ । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको जन्मदिनको अवसरमा आज...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...