back
CTIZAN AD

स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनिलिभरबीच सम्झौता

वि.सं.२०७९ जेठ २३ सोमवार

621 

shares

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक र युनिलिभर नेपालबीच सम्झौता भएको छ । बैंक र युनिलिभरबीच युनिलिभरका वितरकहरुलाई आपूर्ति आबद्ध वित्तीय समाधानहरु उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो ।

उक्त कार्यक्रमको माध्यमबाट युनिलिभरद्वारा सिफारिस गरिएका वितरकहरुले स्ट्याण्डर्ड चार्टर्ड बैंक (बैंकद्वारा स्वीकृती प्राप्त हुनु पर्ने) व्यापार वित्तीय समाधानहरुको लाभ लिन सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार बैंकको आपूर्ति आबद्ध वित्तीय कार्यक्रम साना तथा मझौला उद्योगीहरु (वितरकहरु)लाई पर्याप्त वित्तीय श्रोत उपलब्ध गराउने हेतूले निर्माण गरिएको हो । जसले उद्योगीहरुको सम्पूर्ण चालू पूँजीलाई समेटेर वितरकहरुलाई विशेष गरी महामारी, तरलता आदि कठिन समयमा वित्तीय स्थिरता सुनिश्चित् गर्न सघाऊ पुग्ने विश्वास बैंकले लिएको छ ।

यसैगरी, यसले ठूला कर्पोरेटहरुलाई थपदिगो एवं लचिलो आपूर्ति आबद्धताहरु लागू गर्न पनि सहयोग गर्ने बैंकले जनाएको छ । बैंकका अनुसार विश्वव्यापी रुपमा कारोबारी बैंकिङ्ग व्यवसायको मध्यस्थतामा प्राप्त १५० वर्षभन्दा बढीको अनुभवका साथ बैंक अन्तर्राष्ट्रिय वाणिज्य तथा आपूर्ति आबद्ध वित्तीय समाधानको प्रमुख सेवा प्रदायक हो ।

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै एससिबि नेपालका सिइओ अनिर्वाण घोष दास्तिदारले भने, “युनिलिभर नेपालको लागि देशमै यस किसिमको पहिलो सेवा प्रस्तुत गर्न पाएको बैंक हर्षित भएको छ । हामीले हाम्रा कर्पोरेट ग्राहकहरुका लागि समग्र इकोसिस्टम सुनिश्चित् गर्न हाम्रो डिजिटल यात्रामा लामो कालखण्ड पार गरेका छौं र भविष्यमा अझ धेरै अग्रगामी समाधानहरु प्रस्तुत गर्ने दिशामा हामी कटिबद्ध छौं ।”

बैंकका अनुसार युएनएलका प्रबन्ध निर्देशक अम्लन मुखर्जीले वितरक वित्तीय कार्यक्रमले खास गरेर कठिन आर्थिक अवस्थाहरुमा युएनएललाई निर्वाध प्रगती गर्न सक्षम बनाएको बताए । वितरक वित्तीय कार्यक्रम बजार विकास गर्ने एक स्रोत भएको बताए ।

वि.सं.२०७९ जेठ २३ सोमवार ११:३० मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

अब नेपाल बैंकका ग्राहकले बि एण्ड बि हस्पिटलमा विशेष छुट पाउने

काठमाडौँ । नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

एनआईसी एशिया बैंकद्वारा प्यान र ईमेल अद्यावधिक गर्न आग्रह

काठमाडाैँ । NIC Asia Bank ले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी...

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभु बैंकको HRDC लाई सहयोग

काठमाडौं  । प्रभु बैंक लिमिटेड ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...