back
CTIZAN AD

माओवादी आन्दोलन सुदृढ र एकिकृत गर्न बुद्धिजीवीहरुको सक्रियता बढाइने

वि.सं.२०७९ जेठ २३ सोमवार

879 

shares

काठमाडौं । माओवादी आन्दोलन सुदृढ र एकिकृत गर्न बुद्धिजीवीहरुको सक्रियता बढाइने बिषयमा छलफल भएको छ ।
नेपाल बुद्धिजीवी संगठनका सहसंयोजक नीलकण्ठ तिवारीले नेपालको राष्ट्रियता बलियो पार्न, स्वाधिनता र सार्वभौमिकता अक्षुण राख्न तथा आमुल परिवर्तनकारी जनसमुदायको चाहनालाई सम्बोधन गर्न माओवादी शक्ति बलियो पार्नुको बिकल्प नरहेको बताएका छन् ।

नेपाल बुद्धिजीवी संगठनको बाग्मती प्रदेश समिति अन्तर्गत काभ्रेसिन्धुपाल्चोकका प्रदेश सदस्य तथा पालिका ईन्चार्जहरुको बिस्तारीत बैठकमा प्रमुखअतिथि रहेका तिवारीले बिगतका कमि कमजोरी र अनुभवको गंभिर सिंहावलोकन गर्दै माओवादी आन्दोलन सुदृढ र एकिकृत पार्ने बातावरण तयार गर्न बुद्धिजीवीहरुको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।

माओवादी आन्दोलन बलियो भएमात्र अन्य शक्तिहरुसंगको एकता, सहकार्य र गठबनधन फलदायी हुने बताउदै उनले नयाँ आधारमा नयाँ एकताको बातावरण तयार गर्न पनि सक्रिय रहनुपर्ने कुरामा जोड दिएका थिए । उनले बुद्धिजीवी संगठनलाई केवल संगठनको औपचारिकतामा सिमित नराखि आन्दोलन, पार्टी र राष्ट्रलाइ नै रचनात्मक योगदान दिंदै संगठनको सार्थकता पुष्टि गर्ने प्रतिबद्धता ब्यक्त गरे । बुद्धिजीवी संगठनको आन्तरिक प्रणाली तथा संगठनको निर्माण र परीचालनमा समेत उनले प्रशिक्षणात्मक मन्तब्य दिएका थिए ।

No description available.
कार्यक्रममा बिशिष्ट अतिथी रहेका सो संगठनका कार्यालय सदस्य तथा बाग्मती प्रदेश ईन्चार्ज भीमसेन गौतमले राजनैतिक, बैचारिक र अनुशासनका बिषयमा प्रशिक्षणात्मक मन्तब्य दिएका थिए भने संगठनका पूर्व कार्यालय सदस्य गुणराज गौतमले आमुल परिवर्तनको आन्दोलनमा काभ्रे र सिन्धुपाल्चोकका बुद्धिजीवीहरुको भुमिका स्मरण गराएका थिए । काभ्रेको दोलालघाटमा आयोजित सो बैठकको अध्यक्षता गरेका बाग्मती प्र्देश अध्यक्ष कृष्ण कोपीलाले प्रतिवेदनहरुको तथ्य उतारेर  बिश्लेषण गरीने प्रतिबद्धता सहित संगठनको कार्ययोजना बताएका थिए ।

बाग्मती प्रदेश सचिव भरत गौतमद्धारा संचालित सो कार्यक्रममा केन्द्रीय सदस्य गोपाल खडका, काभ्रे संयोजक चन्द्र प्रसाद मैनाली, प्रदेश सचिवालय सदस्य कान्छाराज गिरी, भुमिराज आले मगरसहित काजी बहादुर लामा, रामप्रसाद सापकोटा, लक्ष्मि नारायण नेपाल, सृजना थापा, शुक्र प्रसाद आचार्य, तीलक पाण्डे, उद्धव पौडेल, केशव कोइराला, तीर्थ पन्त र रेनुका बन्जारा लगायतले पालिकाहरुको चुनावी रिर्पोट र संगठनको भूमिका सम्बन्धमा प्रतिवेदन वाचन गरेका थिए ।

मन्थलीमा ३ जिल्लाको बैठक सम्पन्न
नेपाल बुद्धिजीवी संगठनका अनुसार रामेछापको मन्थलीमा सो संगठनको बैठक जेठ २१ गते सम्पन्न भएको जनाइएको छ ।

सिन्धली, रामेछाप र दोलखाबाट उपस्थित बुद्धिजीवीका बिच सो बैठकको उदघाटन कार्यक्रमका प्रमुख अतिथी नेपाल बुद्धिजीवी संगठनका सहसंयोजक नीलकण्ठ तिवारीले गरेका थिए ।

कृष्ण कोपीलाको अध्यक्षता, भरत गौतमको संचालन, रामेछापका संयोजक गोपाल श्रेष्ठको स्वागत मन्तब्य र केन्द्रीय सदस्य शंकर खडकाको धन्यबाद मन्तब्य रहेको सो कार्यक्रममा संगठनको निर्वाचन आयोग सदस्य योगलाल गौतम, नेकपा माओवादी केन्द्र रामेछाप पार्टी कार्यालय सचिव प्रेम सागर थापा, बच्चु कोईराला, राजन बास्तोला, गणेश थापा मगर, लोक बहादुर गर्बुजा मगर, ईंन्द्रमणि न्यौपाने, टंक भण्डारी, माधव दाहाल, नारायण बुढाथोकी, पासांग लामा, सोनाम मोक्तान, केदार तिमिल्सीना, दील बहादुर मानन्धर, चीनीमाया बल लगायतले जिम्मेवारी अनुसारको प्रतिवेदन सहित धारणा राखेका थिए ।

उपत्यका बैठक सम्पन्न
यसैबीच प्राप्त समाचार अनुसार उपत्यकाका ३ जिल्लाको बिस्तारीत बैठक अध्यक्ष कृष्ण कोपिलाको अध्यक्षतामा जेठ १४ गते पेरीसडांडा काठमाडौंमा सम्पन्न भएको सो संगठनले जनाएको छ ।

No description available.

नेकपा माओवादी केन्द्रका नेता तथा सो संगठनका फयाक्सन ईन्चार्ज दीनानाथ शर्माको प्रमुख आतिथ्यता, संगठनका संयोजक कृष्णराज केसीको बिशिष्ट आतिथ्यता, सहसंयोजक नीलकण्ठ तिवारी, कार्यालय सदस्य एवं बाग्मती प्रदेश ईन्चार्ज भीमसेन गौतम, कार्यालय सदस्यहरु कल्पना शर्मा, लक्ष्मी प्रसाद पंडित, लेखा आयोग प्रमुख मित्र शर्मा, निर्वाचन आयोग प्रमुख उपेन्द्र पौडेल, संगठनका वरीष्ठ सदस्य तथा पूर्व सांसद राम नारायण बिडारी, भरत शर्मा, गुणराज गौतम, माधव अधिकारी लगायत केन्द्रीय सदस्य तथा प्रदेशका सदस्यहरुको उपस्थिति तथा प्रशिक्षणात्मक मन्तब्य रहेको सो कार्यक्रमको उदघाटन नेता दीनानाथ शर्माले गरेका थिए ।

कार्यक्रममा नेता शर्माले सैद्धान्तिक राजनैतिक समग्रता र पार्टीको अवस्था, संयोजक कृष्णराज केसीले संगठनका बैचारीक, राजनैतिक कार्ययोजना, सहसंयोजक नीलकण्ठ तिवारीले संगठन निर्माण र परिचालन, कार्यालय सदस्य भीमसेन गौतमले संगठन र अनुशासन, पूर्वसांसद राम नारायण बिडारीले गठबन्धन र राजनैतिक बाध्यता तथा कार्यालय सदस्य कल्पना शर्माले बुद्धिजीवीहरुको पार्टीप्रतिको उत्तरदायित्वका बिषयमा प्रशिक्षण दिएका थिए ।

बाग्मती प्रदेश सचिव भरत गौतमले संचालन गरेको र उपाध्यक्ष बसुराम रीजालले स्वागत मन्तब्य राखेको सो कार्यक्रममा मोदनाथ दंगाल ‘सतेन्द्र’, रीता शेर्पा, डा बिष्णु खनाल, लोक बहादुर खडका, शंकर भण्डारी, बालकृष्ण आचार्य, ईश्वरचन्द्र घिमीरे, चन्द्रराज अधिकारी, मोतीलाल नेपाली, चन्द्र बहादुर गोपाली, रत्नकुमार तामांग, अंजना बासुकला, श्याम बहादुर लिगल, सानु शाक्य, मुरलीधर घिमिरे, टिकादत्त शिवा, लगायतका प्रदेश सदस्य र पालिका ईन्चार्जहरुले प्रतिवेदन सहित मन्तब्य राखेका थिए ।

सो संगठनका प्रदेश सचिव भरत गौतमका अनुसार बाग्मतीका १३ जिल्ला र ११८ पालिका मध्ये ८ जिल्लाका ३ क्लष्टर अन्तर्गत ७२ पालिकाको सांगठनिक स्थिती र स्थानिय तह निर्वाचनको समिक्षा प्रतिवेदन प्राप्त भैसकेको र बाँकी ५ जिल्लाका २ क्लष्टरमा कार्यक्रम तय भएको छ ।

बैठकमा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक लगायत समाजवादका आधार निर्माणमा बौद्धिक क्रियाशिलता बढाउनुपर्ने, पार्टी र संगठनबिचको समन्वय चुस्त हुनुपर्ने, सामाजिक मुद्दाहरुमा अध्ययन अन्वेषण हुनुपर्ने तथा निर्वाचनमा भएको ‘भोट फिक्सिंग’ लाई गंभिरताका साथ लिनुपर्ने, उम्मेदवार तय गर्दा मापदण्ड निश्चित हुनुपर्ने, निर्वाचन प्रणाली सुधारका लागी अनिवार्य कदम चाल्नुपर्ने लगायतका बिषय महत्वका साथ उठेका थिए ।

सो संगठनले आयोजना गरेको समिक्षात्मक एवम प्रशिक्षणात्मक विस्तारित बैठकमा प्रदेश कार्यालयको टिम, सो प्रदेश वा क्लष्टरमा जिम्मा लिएका केन्द्रीय सदस्य र जिल्ला समन्वयकर्ताहरु, प्रदेश सदस्य वा पालिका ईन्चार्ज तथा संगठनको पालीका नेतृत्व सहभागी गराईएको छ । पेशागत क्षेत्रमा रहेका बिचारले उत्कृष्ट प्रतिभाहरुलाई सो संगठनमा आबद्ध गरीदै आएको संगठनले जनाएको छ ।

वि.सं.२०७९ जेठ २३ सोमवार १६:१४ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...