काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदा प्रसाद अधिकारी लाई सातदिने अल्टिमेटम सार्वजनिक भएको छ ।
उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले आफ्ना मातहतका ठेक्का अन्तर्गत सडक पुर्नस्थापना कार्यको प्रगति शन्तोषजनक नरहेको तथा लामो समय बितिसक्दा पनि कार्यप्रगति सुधार नदेखिएको भन्दै प्रचण्डका घरबेटी अधिकारीको नाममा अत्यन्त जरुरी सूचना जारी गर्दै सातदिन भित्रमा स्पष्टीकरण दिन निर्देशन दिएको हो ।
‘कार्य प्रगति सुधार नभएको, पेश भएको कार्यतालिका बमोजिम कार्य नभएको साथै कार्य सम्पन्न गर्नेतर्फ अग्रसर भएको नदेखिएको हुँदा विश्वसनिय स्पष्टीकरणसहित यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आधिकारीक प्रतिनिधि स्वयं यस निर्देशनालयमा उपस्थित हुन तथा सडक पुर्नस्थापना कार्य यथाशीघ्र चाँडो सम्पन्न गर्नुहुन जानकारी गराइन्छ ।’ आयोजनाद्धारा जारी सूचनामा भनिएको छ ।
आयोजनाले यथाशिघ्र स्पष्टीकरण दिन वा आयोजना सम्पन्न गर्न निर्देशन दिँदै अन्यथा कानुन अनुसार ठेक्का सम्झौताका शर्तहरु बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने पनि सूचनामा जनाइएको छ ।

वि.सं.२०७९ जेठ २४ मंगलवार १०:५५ मा प्रकाशित






























