back
CTIZAN AD

सुरक्षाको माग गर्दै प्रदर्शनमा उत्रिएकामाथि गोली प्रहार, एकको मृत्यु, प्रहरीसहित दर्जन बढी घाईते

वि.सं.२०७९ जेठ २४ मंगलवार

783 

shares

काठमाडौं । बाघबाट सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयबासीमाथि प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागेर मधुवन नगरपालिका २ की करिब २० वर्षीया नविना थारुको मृत्यु भएको  छ ।

बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षा दिन माग गर्दै बर्दियाको गुलरिया–राजापुर सडक खण्डको मधुवन नगरपालिका वडा न २ को ओरोली बजारमा सोमबार प्रदर्शनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा एक किशोरीको मृत्यु हुनुका साथै प्रहरी र स्थानीय गरी दर्जनबढी घाईते भएको बताइएको छ ।

स्थानीयबासी प्रदर्शनमा उत्रिएपछि बजारको बाटो खुलाउने क्रममा प्रहरीमाथि ढुंगामढा प्रहार भएपछि पहिले हवाई फायर अश्रुग्यास प्रहार गर्दापनि प्रदर्शनकारी पछि नहटेपछि आफुहरु गोली चलाउन बाध्य भएको प्रहरी निरीक्षक हृदयश सापकोटाले बताएका छन् । उक्त घटनामा प्रहरी हबल्दार पार्वता खड्का लगायतका १८ जना प्रहरी घाईते भएको सापकोटाले जानकारी दिए ।

सोमबार बिहान ८ः४५ मा स्थानीय महिलाले खेतमा काम गरिरहेका बेला बाघले आक्रमण गरेको थियो । उनलाई स्थानीयले उद्धार गरेर नेपालगन्ज अस्पतालमा उपचार गर्न पठाएका थिए । उक्त घटना लगत्तै बाघबाट सुरक्षा दिन माग गर्दै स्थानीयले प्रदर्शन गरेका थिए । स्थानीयले झण्डै ५ घण्टासम्म बाटो अवरोध गरेपछि बाटो खुलाउने क्रममा प्रहरीमाथि ढुंगामुढा प्रहार भएपछि पहिले अश्रुग्यास र हवाइ फायर गरेको र अन्तिममा गोली चलाउन बाध्य भएको सापकोटाले बताए ।

‘ पहिले अश्रुग्यास र हवाइ फायर गर्यौं,’ प्रहरी निरीक्षक सापकोटाले भने, ‘त्यति गर्दा पनि आक्रमण नरोकिएपछि प्रहरीले गोली चलाएको हो।’ उनले प्रहरीले एक राउण्ड मात्रै गोली चलाएको दावी गरेका छन् ।

 

वि.सं.२०७९ जेठ २४ मंगलवार ११:३१ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...