काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बल प्रयोग गरेरै बन्चरेडाँडा पु¥याइएको छ । सोमबार भएको सर्वपक्षीय सहमति पछि पनि स्थानीय अवरोधमै उत्रिएपछि उपत्यकाको फोहोर प्रहरी प्रशासनको सहयोगमा लगिएको थियो ।
फोहोर फाल्न नदिने भन्दै अवरोधमा उत्रिएका स्थानीयलाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको छ । प्रहरीले संघर्ष समितिका संयोजक श्रीराम ढुंगानासहित ३० जनाभन्दा बढीलाई नियन्त्रणमा राखेको छ । उनीहरुलाई अहिले भ्यानभित्रै थुनिएको छ ।
नियन्त्रणमा लिनेक्रममा स्थानीय र प्रहरीबीच झडपसमेत भएको थियो । झडपमा पाँचजना स्थानीय घाइते भएका छन् ।
काठमाडौं उपत्यकाको फोहोर विगत लामो समयदेखि उठ्न सकेको थिएन । ल्याण्डफिल साइट बन्चरेडाँडा र सिसडोलका स्थानीयले अवरोध गरेसँगै फोहोर उठ्न सकेको थिएन ।
वि.सं.२०७९ जेठ २४ मंगलवार १५:१० मा प्रकाशित






























