पर्वत । सगरमाथा आरोहण गरेका देवी प्रसाद न्यौपाने सम्मानित भएका छन् ।
पर्वत जिल्ला बिहादी गाउपालिका ४ वहाकी बानीपोखरा स्थायी घर भएका न्यौपानेलाई पर्वत बिहादी सेवा समाज काठमाण्डौले सम्मान गरेको छ ।
३१ बर्षिय न्यौपानेले नेपाली सेनाको आरोहण दल मार्फत सगरमाथाको चुचुरो चुमेका थिए । सो आरोही समुहलाई नेपाल सरकार र नेपाली सेना बाहेक बिभिन्न संस्था र ब्यक्तिगत रुपमा सम्मान गरीरहेका छन । नेपाली सेनाको काममा मुस्तांगमा रहंदा उनले ६ हजार भन्दा कम उचाईका हिमाल चढेका थिए ।
उनले सगरमाथा आरोहण गरे लगतै पर्वतका संघीय सांसद पदम गिरी, संबिधानसभा सदस्य गुणाखर बस्याल, बिहादी पालिकाका अध्यक्ष, उपाध्यक्ष लगायत राजनैतिक दलका प्रतिनिधिहरुले समेत उनलाई बधाई दिइरहेका छन ।

ईन्जीनियर मधुसुदन न्यौपानेका अनुसार देवीको सफलताले परीवारमा ठुलो उत्प्रेरणा थपिएको छ । उनी न्यौपाने परीवार अन्तर्गत तुलसीराम न्यौपाने र यामकला न्यौपानेका कान्छो छोरा हुन् ।
वि.सं.२०७९ जेठ २४ मंगलवार १४:४७ मा प्रकाशित





























