back
CTIZAN AD

कालिमाटी तरकारी बजारमा आएको काउलीमा भेटियो खानै नहुने विषादी !

वि.सं.२०७९ जेठ २५ बुधवार

897 

shares

काठमाडौं । कालीमाटी तरकारी बजारमा मंगलबार भित्रिएको काउलीमा उपभोक्ताको शरीरमा अत्यधिक असर गर्ने विषादी भेटिएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नं ९ बाट मंगलबार बिहान कालीमाटीमा भित्रिएको काउलीमा खान नहुने विषादी भेटिएको हो ।

कालिमाटी तरकारी बजार व्यवस्थापन समितिले प्रयोगशालामा परीक्षण गर्दा उक्त काउलीमा ९१ प्रतिशत विषादी भेटिएपछि ३९ किलो काउली नष्ट गरिएको समितिले जनाएको बुधबारको गोरखापत्रमा समाचार छ । उक्त काउली उपभोग गर्दा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने बताउँदै प्रयोगशालाले नै उक्त काउली तत्काल नष्ट गर्न समितिलाई आग्रह गरेको थियो ।

उक्त काउलीको नमुना प्रयोगशालाबाट परीक्षण भएर आउदासम्म केही काउली बजारमा गएको हुन सक्ने समितिका निर्देशक विनय श्रेष्ठ बताउँछन् ।

‘पहिले परीक्षणका लागि नमुना लिएका तरकारी बिक्रिी गर्न रोक्ने गरिन्थ्यो अहिले यो चलन छैन । त्यसैले बजारमा गएको हुनुपर्छ ।’ श्रेष्ठले भनेका छन् । तर, सम्बन्धीत व्यापारीले उक्त काउली बजारमा नगएको दाबी गरेका छन् ।
आर्थिक वर्ष २९७८/७९ साउन १ गतेदेखि जेठ २४ गतेसम्म कालिमाटी द्रुत विषादी विश्लेषण एकाईमा २ हजार ५७६ वटा नमुना परीक्षाण गरिएकोमा ४६ वडामा विषादी रोकावटको दर ४६ प्रतिशत माथि पाइएको थियो ।

कालीमाटीमा विषादी बढी भेटिनेमा टमाटर, काउली, बोडी, हरियो फर्सी, भेडेखुर्सानीलगायत पाइएको प्रयोगशालाले जनाएको छ ।

वि.सं.२०७९ जेठ २५ बुधवार १०:५१ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...