back
CTIZAN AD

पालिकाले तोकेको समयमा कर नबुझाए सेवा रोक्का हुने

वि.सं.२०७९ जेठ २५ बुधवार

612 

shares

कञ्चनपुर । बेलौरी नगरपालिकामा तोकिएको समयावधिभित्र कर नबुझाउने करदाताको सेवा रोक्का गरिने भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५८ र आर्थिक ऐन, २०७६ को नियम ७ ले दिएको अधिकारअनुसार नगर क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायी, उद्योग, वित्तिय सङ्घसंस्था, कृषि तथा अन्य सहकारी संस्था, लघुवित्त वित्तिय संस्था, बीमा कम्पनी र अन्य व्यवसायीलाई वार्षिकरुपमा बुझाउनु पर्ने कर बुझाउन नगरपालिकाले आह्वान गरेको छ ।

कर बुझाउनका लागि नगरपालिकाले आगामी असारको २० गतेसम्म समय सीमा तोकेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशिला लेखकका अनुसार निर्धारित समयावधिमा कर नबुझाउने करदाताको सेवा सुविधा रोक्का गरिने छ ।

कोभिड–१९ महामारी र त्यसपछिको आर्थिक मन्दीले व्यापार व्यवसाय धराशायी भएका बेला स्थानीय सरकारले जारी गरेको सूचना प्रति स्थानीय करदाताले असन्तुष्टि पाखेका छन् ।

“कोभिडका कारण धरायसी भएको व्यापार व्यवसाय भर्खरै जुर्मुराउन थालेको छ” स्थानीय करदाताले भने, “कर नतिर्ने होइन, कर तिर्नुपर्छ तर कर तिर्ने समय अवधि लम्बाइनुपर्छ ।”

 

वि.सं.२०७९ जेठ २५ बुधवार १२:५६ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...