back
CTIZAN AD

मुग्लिङ–नौबिसे सडकखण्ड सुचारु नहुँदा विरामीसहित हजारौ यात्रु अलपत्र

वि.सं.२०७९ जेठ २६ बिहीवार

903 

shares

काठमाडौं । मुग्लिङ–नौबिसे सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित नाग्दी खोलामा बुधबार राति गएको पहिरोका कारण बन्द भएको सडक १२ घण्टा वितिसक्दा पनि खुल्न सकेको छैन ।

पहिरो पन्छाउने क्रम जारी रहेपनि वर्षाका कारण केही स–साना पहिरोहरु निरन्तर खसिरहेका छन् । पहिरोका कारण बिरामी बोकेका कैयन् एम्बुलेन्ससहित हजारौँ यात्रुहरू सडकमै अलपत्र परेका छन् ।

पहिरोले पुरिएको सडक खुलाउन रातिदेखि नै सडक विभाग, ट्राफिक प्रहरी, स्थानीय निकाय आदिलाई ताकेता गरिरहँदा पनि बिहिबार बिहान मात्रै सडक विभागबाट बल्ल–बल्ल एउटा जेसीबी ल्याएर सडकको पहिरो हटाउने क्रम जारी रहेको सोहि पहिरोका कारण अलपत्र परेका यात्रु सुदीप काफ्ले बताउँछन् ।

‘यस्तो भूखण्डमा वर्षादको समयमा पूर्वतयारी केही नहुनु दुःखलाग्दो विषय हो । जिम्मेवार निकायसँग स्रोत र साधनको कमी देखियो । भएका स्रोत र साधन पनि केही बिग्रेका, केहीले इन्धन नभएको भनेर जानकारी गराउनु कहाँसम्म लापरबाही हो ?’ काफ्लेले संसारन्युजसँग भने ।

वि.सं.२०७९ जेठ २६ बिहीवार ११:०६ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...