काठमाडौं । आइएमई पेले क्यासब्याक अफर “प्रिमियम तिरौं क्यासब्याक पाऔं” सार्वजनिक गरेको छ ।
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले यहि जेठ २५ गते बुधबार उक्त नयाँ क्यासव्याक अफर सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार “प्रिमियम तिरौं क्यासब्याक पाऔं” नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे मार्फत ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र नभइ प्रिमियम तोकिएको मिति सकिएको ७ दिन भित्र भुक्तानी गर्दा रु. १००० सम्मको क्यासब्याक पाउनेछन् ।
उक्त अफर अवधिभर हरेक महिना एक भाग्यशाली विजेताले स्मार्ट घडी जित्न सक्ने कम्पनीले जनाएको छ ।
वि.सं.२०७९ जेठ २६ बिहीवार १२:२२ मा प्रकाशित






























