काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको २७५३ नमुना परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी सोहि अवधिमा ९ जना संक्रमण मुक्त भएका छन् । आज निको भएका ९ जनासँगै नेपालमा हालसम्म ९ लाख ६७ हजार १७१ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हाल ११२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । उनीहरु सबैजना होम आइसोलेसनमा रहेका छन् भने आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ ।
त्यसैगरी नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाको ज्यान गएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ लाख १७ हजार ११७ मात्रा कोरोना भाइरसविरुद्धको खोप लगाइएको पनि मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख छ ।
वि.सं.२०७९ जेठ २६ बिहीवार १६:२६ मा प्रकाशित






























