back
CTIZAN AD

कैलाली उद्योग वाणिज्य सङ्घमा कुँवरको प्यानल निर्वाचित

वि.सं.२०७९ जेठ २९ आइतवार

669 

shares

कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुष्पराज कुँवरको प्यानल निर्वाचित भएको छ । शुक्रबार भएको सङ्घको निर्वाचनबाट कुँवर ६७८ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी सुरेन्द्र राठीले ३५५ मत प्राप्त गरेका छन् ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले ६१२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी हरिशङ्कर ठाकुरले ४१९ मत प्राप्त गरे । उपाध्यक्ष (उद्योग) मा दिनेश लम्सालले ६२१, उपाध्यक्ष (एशोसिएट) मा मनोज अग्रवालले ५१६, उपाध्यक्ष (वस्तुगत) मा लक्ष्मणराज पन्तले ५४६ मतसहित निर्वाचित भएका छन् ।

महासचिवमा ओमबहादुर विष्ट ५१४ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी सिद्धराज पनेरुले ४८१ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा भीमराज ओझा (अब्बु) ले ६८० र सचिवमा सुरेश पाण्डेयले ३९९ मतसहित निर्वाचित भए।

सदस्यहरुमा तिलकबहादुर बोहरा, कविन्द्र पन्त, रवि कुँवर, अम्बिका भण्डारी, कोपिला कुँवर, लोकराज भट्ट, प्रकाशकुमार चन्द, रुपेश खड्का, श्यामराज जोशी, राधिकाकुमारी चौधरी, शम्भु लामिछाने, सुरेन्द्रबहादुर कठायत, कृष्णाकुमारी विष्ट, वासुदेव भट्ट, मिलन कुँवर, सुरेन्द्रकुमार बोहरा र रिता जोशी निर्वाचित भएका छन् । संघको चुनावमा जम्मा एक हजार ९५ मत मात्र खसेको थियो ।

वि.सं.२०७९ जेठ २९ आइतवार १८:४३ मा प्रकाशित

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...