back
CTIZAN AD

भिक्टोरिया ‘डे’ मा प्रथम नौमती बाजा गुल्मी युके समुहको विशेष प्रस्तुति

वि.सं.२०७९ जेठ २९ आइतवार

1K 

shares

लन्डन । बेलायतको रसमोर बरो काउन्सिलले रानी भिक्टोरियाको सम्झनामा मनाउने ‘भिक्टोरिया डे’ योपटक पनि बेलायतवासी नेपालीले उल्लेख्य सहभागिता जनाएका छन् ।

शनिबार अल्डरसटको प्रिन्सेस हलबाट सुरु भएर नगर परिक्रमा परेडमा ग्रेटर रसमोर नेप्लिज कम्युनिटी र प्रथम नौमती बाजा गुल्मी युके समुहको बिषेस सयोजनमा रशमोरबासी बिभिन्न नेपाली समुदायहरूसंग विभिन्न सस्थाहरूले भाग लिएका थिए ।

No description available.

जसमा मदत समुह, लम्जुड समाज युके, एनआरएनए युके, बुद्धिष्ट कम्युनिटी सेन्टर यूके, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर, फार्नबरो साइ सेन्टरल रशमोर तमुधिं यूके साखा, रशमोर किरात राई साखा, यायोख्या, किरात याक्थुङ चुम्लुङ, मगर एसोसिएसन यूके यु एच.एस बी साखा, अल्डरसट आमा समुह, गोर्खा भुतपुर्वक संघ गेसोलगायत झण्डै १५ भन्दा बढी नेपाली संस्थाले आ–आफ्नो ब्यानर बोकेर मार्चपास गरेका थिए ।

No description available.

अल्डरसट टाउन सेन्टरमा बिहान १० देखि अपराह्न ४ बजेसम्म भएको उक्त समारोहमा विभिन्न जातजातिका नेपालीहरुले आफ्नो मौलिक भेषभूषा र गरगहनाले सजिएर नौमती बाजा, कौडा, सोरठी, चामरूग बाजा गाजाको साथ उपस्थित थिए ।

यसबर्ष बेलायतकी महारानीको पालाटिनम जुभली परेकोले परेडको शुभसाईत र परेडलाई पहिलो लिडिगमा प्रथम नौमती बाजा गुल्मी युके समुहले मंगल धुनको साथ आरम्भ गरेका थिए । उक्त परेडलाई भूतपूर्व गोर्खा परिवार र अन्य समुदायले पनि सडक किनारमा बसेर हौसला प्रदान गरेका थिए ।

No description available.

प्रंथम नैमती बाजा गुल्मी युके र ग्रेटर रशमोर नेपाली कम्युनिटीले २०१० देखि निरन्तर हरेकबर्ष यसरी नै कार्यक्रममा सहभागीता जनाउँदै आएको छ ।

No description available.

ग्रेटर रशमोर नेपाली कम्युनिटीका पुर्वअध्यक्ष साथै प्रथम नौमती बाजा गुल्मी युकेका प्रमुख सयोजक ओम थापा काउचाले समूहको मुख्य उद्धेश्य भनेको नेपाली कला र संस्कृतिको बेलायतमा प्रवद्र्धन गर्नु रहेको र बेलायतका अन्य समुहले पनि नेपाली मात्र नभएर अन्य देशका समूहबीच पनि नेपाली कला संस्कृतिको प्रर्वद्धन गर्न सकियोस् भन्ने रहेको बताए ।

बेलायतका भेट्रान मन्त्री लियो डकर्टीसहित उक्त रयालीमा भिन्टाज मोटर, मोटर बाइकमा पनि बेलायतीहरु सहभागी भएका थिए । रानी भिक्टोरियाको रुपमा सिंगारिएर एक महिलालाई खुल्ला गाडीमा परिक्रमा गराइएको उक्त समारोहमा दशौं हजारले सहभागीता जनाएका थिए । जसमा नेपालीहरुको पनि ठूलो उपस्थिति रहेको थियो ।

No description available.

रानी भिक्टोरियासँग अल्डरसटको निकट सम्बन्ध स्मरण गर्न सो दिनलाई विशेष रुपमा मनाइन्छ । जहाँ पारिवारिक गतिविधि, लाइभ म्यूजिक, नृत्य र स्टलहरु राखिन्छ । यो हरेक बर्षमा एकपटक बृहदरुपमा मनाइन्छ । यसमा यसमा नेपालीसहित हजारौं सहभागी हुने गर्छन् ।

यसपटक अल्डरसट, फार्नबोरो आसपास र बर्कसायर क्षेत्रका नेपाली तथा बेलायती गरी करिब १२ हजार भन्दा बढीको सहभागिता रहेको थियो । प्रिन्सेस हल अगाडि भिसी कुलवीर थापाको सालिक छेउमा अंग्रेजी कन्सर्ट र विभिन्न सांस्कृतिक प्रदर्शन समेत गरिएको थियो ।

त्यसैगरी चिनिया समुदायले ड्रागन डान्स र स्कुलका स्कुट, आर्मी क्याडेट र बिट्रीस लिजनका भुपू आर्मीहरूको परेड मार्चिड र पञ्जावीको भांग्रा नाचलगायतले मानिसहरुको ध्यान आकृष्ट गरेको थियो ।

रशमोर ब्रोरो काउन्सिलका मेयर लगायत आर्मी गेरिजनका प्रमुखहरु, राजनीतिक धार्मिक, नेपाली संघसंस्था, एनआरएनए युकेका अध्यक्ष प्रेमगाहा मगर लगायतका बिभिन्न नेपाली संघ सस्थाका प्रमुख हरू र पत्रकार हरू को बाकलो उपस्थीती थियो भने अल्डरसट को मेला र बिभिन्न कम्युनिटी आफ्नो आफ्नो टेडिशनल ब्याड हरूले पालो पालो मनोरजन उपस्थित जनसमुदाए लाई भरपुर लिएका थिए।

तस्बिर सौजन्य : मिलन तमु

 

 

वि.सं.२०७९ जेठ २९ आइतवार १८:१० मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...