काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ३ हजार २११ नमुना परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी सोहि अवधिमा १३ जना संक्रमण मुक्त भएका छन् । आज निको भएका १३ जनासँगै नेपालमा हालसम्म ९ लाख ६७ हजार २१७ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हाल १०२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । उनीहरु सबैजना होम आइसोलेसनमा रहेका छन् भने आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ ।
त्यसैगरी नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाको ज्यान गएको मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख छ ।
वि.सं.२०७९ जेठ ३० सोमवार १७:१० मा प्रकाशित






























