back
CTIZAN AD

दाेहाेराे अंकले घट्याे नेप्से, बीमा क्षेत्रका लगानीकर्तालाई सबैभन्दा बढी घाटा

वि.सं.२०७९ जेठ ३० सोमवार

768 

shares

काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार १५.८२ अङ्कले नेप्से परिसूचक ओरालो लागेर दुई हजार ३२.३४ मा कायम भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.२७ अङ्कले कमी आई ३८९.९८ मा ओर्लेको छ ।

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम अर्ब पनि पुग्न सकेन । कूल २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता शेयर रु ९९ करोड ८६ लाख ७४ हजार २६२ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । त्यसमा बैंकिङ ११.०७, व्यापार १५.७८, होटल तथा पर्यटन ३६.०१, विकास बैंक १६.७३, जलविद्युत् ५.२२, वित्त १७.२८, निर्जीवन बीमा १०२.१९, उत्पादन ५१.५, अन्य १.५५, लघुवित्त २८.०२, जीवन बीमा १३८.१२, सामूहिक लगानी कोष ०.०८ र लगानी ०.९२ अङ्कले ओरालो लागेको छ ।

नेप्सेका आधारमा सानिमा बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु नौ करोड एक लाख ६१ हजार ५७४ बराबरको कारोबार भयो । उपकार लघुवित्त रु पाँच करोड ६३ लाख ६४ हजार, सिभिल बैंक रु पाँच करोड ३७ लाख, बैंक अफ काठमाडौँ रु चार करोड ६९ लाख १४ हजार ७१३ र सेञ्चुरी बैंक रु दुई करोड ८३ लाख ९६ हजार ९३२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र परेका छन् ।

नेप्सेका अनुसार बलेफी हाइड्रोपावर ९.९९, ग्रीन भेञ्चर्स लिमिटेड ९.९८, युनिलिभर नेपाल ४.१०, आँधीखोला लघुवित्त ४.०२ र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ३.८१ प्रतिशतले कमाएका छन् । त्यस्तै, मानुषी लघुवित्त ५.४०, एनएमबी (५०) ५.२८, ओरियन्टल होटल ५.२०, बुद्धभूमि नेपाल हाइड्रोपावर ५.०६ र उपकार लघुवित्तका लगानीकर्ताले ४.५१ प्रतिशतले गुमाएका छन् ।

वि.सं.२०७९ जेठ ३० सोमवार १७:२८ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...