back
CTIZAN AD

के माओवादी केन्द्र अर्थमन्त्री फेर्ने तयारीमा हो ?

वि.सं.२०७९ जेठ ३० सोमवार

804 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)भित्र पनि मन्त्री फेरबदलको चर्चा छ । हालै नेकपा (एकीकृत समाजवादी)ले मन्त्री फेरबदल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई गरेको सिफारिसपछि नेता वर्षमान पुनले माओवादीभित्र पनि मन्त्री फेर्न दबाब बढेको बताएका थिए ।

तर, माओवादीभित्र उक्त विषयमा औपचारिक भने छलफल भएको छैन । नेता गणेश शाहका अनुसार मन्त्री फेरबदल गर्नेबारे माओवादीका कुनै पनि बैठकमा प्रस्ताव आएको छैन । प्रदेश र संघको निर्वाचनको मिति नजिकिएको हुँदा माओवादीभित्र सोही विषयमा तयारी चलिरहेको उनले बताएका छन् ।

तर, सोमबार केही सञ्चार माध्यमले स्रोतलाई हवाला दिँदै अर्थमन्त्री फेरबदल गर्न लागेको बताए । अर्थमन्त्री जनार्दन शर्माको कामबाट असन्तुष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा मागेको सञ्चारमाध्यमहरुको दाबी छ । आइतबार साँझ प्रचण्ड र जनार्दनबीच भएको भेटलाई जोडेर सञ्चारमाध्यमले उक्त विषयलाई बाहिर ल्याएका थिए ।

तर, प्रचण्ड स्वम्ले अर्थमन्त्री शर्माको राजीनामा मागिएको भनि आएका समाचार मिथ्या भएको प्रष्ट पारेका छन् । उनले उक्त समाचारहरु नियोजित रुपमा आएको पनि बताएका छन् ।

एक अनलाइनसँगको कुराकानीमा अध्यक्ष प्रचण्डले फेरबदल गर्ने अहिले कुनै नीति नभएको स्पष्ट पारे । “अर्थमन्त्री फिर्ता बोलाउने भनेर जेजे हल्ला चलाइएको छ, यो बदनाम गर्न फैलाएको अफवाह र पार्टीविरुद्धको षडयन्त्रबाहेक केही होइन”, एक सञ्चारमाध्यमसँगको कुराकानीमा प्रचण्डले भनेका छन्, “अर्थमन्त्रीले पार्टीको नीति निर्देशनमै काम गरिरहनुभएको छ, अहिले कुनै पनि मन्त्रीलाई फिर्ता बोलाउने पार्टीको नीति छैन ।”

वि.सं.२०७९ जेठ ३० सोमवार १७:५८ मा प्रकाशित

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

संसद हल निर्माणमा अर्झै ढिलाइ गरे दैनिक एक करोड जरिवाना तिराइन्छ

काठमाडौं । सभामुख डीपी अर्यालले संसद हल निर्माण कार्यमा ढिलाइ...

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

भारतीय हेलिकप्टर अनुमतिबिना नेपाली आकाशमा उडेको विषय संसदमा

काठमाडौं । भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेपछि संसदमा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

अमेरिका-इरान शान्ति सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

काठमाडौं । अमेरिका र इरानबीच शान्ति सम्झौताको घोषणा भएपछि अन्तर्राष्ट्रिय...

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...