back
CTIZAN AD

अमेरिका र भारतसहित चार राष्ट्रले बनाए बेग्लै शक्ति समूह, चीनमा देखियो त्रास

वि.सं.२०७९ असार ६ सोमवार

981 

shares

काठमाडौं । अमेरिका, भारतसहित ४ शक्ति राष्ट्र मिलेर बेग्लै नयाँ शक्तिशाली समूह बनाएका छन् । आइटु यूटु नाम दिइएको शक्ति समूहमा अमेरिका, भारत, इजरायल र युएई छन् । सञ्चार माध्यमका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेन जुलाई १२ देखि १६ सम्म पश्चिम एसियाको भ्रमणमा आउनेछन् । त्यो समयमा आइटु यूटु समूहको पहिलो बैठक हुनेछ ।

अमेरिकी राष्ट्रपतिले पनि भारत भ्रमण गर्न सक्ने अनुमान गरिएको छ, किनभने हालै बाइडेनले भारत–अमेरिका सम्बन्धका बारेमा वक्तव्य दिएका थिए ।

आइटु यूटुमा के हुनेछ ?

अमेरिकी अधिकारीले मध्यपूर्वभन्दा बाहिरका मुलुकसँग साझेदारी गर्न आइटु यूटु समूहको गठन गरिएको बताएका छन् । यसमार्फत खाद्य सुरक्षा संकट र सहयोग कार्यक्रम सञ्चालन गरिने बताइएको छ । बताइएअनुसार अन्य देशलाई पनि क्रमिक रुपमा यो संगठनमा जोडिनेछ ।

संगठनको तर्फबाट राष्ट्रपति बाइडेनले इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेट, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र युएईका राष्ट्रपति मोहम्मद बिन जायदसँग वार्ता गर्नेछन्।

बाइडेनले जुलाई १३ मा इजरायलको भ्रमण सुरु गर्नेछन् र प्यालेस्टिनी अधिकारीहरूसँग वार्ता गर्न वेस्ट बैंकको पनि यात्रा गर्नेछन्। यसपछि राष्ट्रपति बाइडेन साउदी राजा सलमानको निमन्त्रणामा जेद्दा आउनेछन् र खाडी सहयोग परिषद्को सम्मेलनमा भाग लिनेछन् । सम्मेलनमा इजिप्ट, इराक र जोर्डनलगायत नौ देशका शीर्ष नेता सहभागी हुनेछन् ।

चार देशका विदेशमन्त्री।

भारतको भूमिका के हुनेछ ?

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइस भारतको भूमिकाले समूहमा सबैभन्दा महत्वपूर्णं भूमिका भारतको हुने बताएका छन् । उनका अनुसार भारतीय उत्पादनलाई समूहले आफ्ना साझेदार मुलुकमा पुर्‍याउनेछ ।

नेडले यस समूहको उद्देश्य पहिले अवस्थित नभएका वा पूर्ण रूपमा प्रयोग नगरिएका गठबन्धन र साझेदारहरूलाई फिर्ता ल्याउनु रहेको पनि बताएका छन् ।

चीन किन त्रसित ?

सन् २०२१ को अक्टोबरमा भारत, इजरायल, अमेरिका र युएईका विदेश मन्त्रीहरू पहिलो पटक भेट्दा सामुद्रिक सुरक्षा, पूर्वाधार, डिजिटल पूर्वाधार र यातायातका महत्त्वपूर्ण विषयमा छलफल भएको थियो। त्यसबेला यो बैठकको ठूलो मुद्दा इजरायल र युएईबीचको सम्बन्धलाई सामान्य बनाउनु पनि थियो । भारतका लागि युएईका राजदूतले त्यसबेला यो नयाँ गुटलाई ‘पश्चिम एसियाको क्वाड’ भनेका थिए ।

भारतीय परराष्ट्र मामिलाविज्ञ डा. आदित्य पटेल भन्छन्, “यो समूहअन्तर्गत समुद्री सुरक्षाका विषयमा पनि छलफल हुनेछ। साथै, भारत, इजरायल, यूएई र अमेरिका धेरै नजिक आउनेछन्। यसले चीनलाई त्रसित बनाएको छ ।” एजेन्सीबाट

वि.सं.२०७९ असार ६ सोमवार १२:३१ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...