
काठमाडौं । नेपाल प्रहरीका १७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।
गृहमन्त्रालयले प्रहरीका १७ एसएसपीलाई डिआइजीमा बढुवाको सिफारिस गरिएको सूची सार्वजनिक गरेको हो ।
यही असार ८ गते बसेको बढुवा समितिको बैठकले १७ जना (एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
बढुवा सिफारिसमा परेकाहरुको सूचीमा पहिलो नम्बरमा एसएसपी बसन्तबहादुर कुँवर रहेका छन् भने दोस्रोमा एसएसपी टेक प्रसाद राई र तेस्रो नम्बरमा एसएसपी अशोक सिंह रहेका छन् ।