back
CTIZAN AD

काठमाडाैं उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि, नियन्त्रणका लागि के गरिँदैछ?

वि.सं.२०७९ असार ९ बिहीवार

669 

shares

काठमाडाैं । काठमाडाैं उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। बर्खायाममा अस्पताल भर्ना हुने झाडापखालाका बिरामी बढिरहँदा हैजाका बिरामी पनि फेला परेको महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए।

डा. दासले, “शुरूमा काठमाडाैंको बागबजारमा दुईजना बिरामी फेला परेका हुन्। धेरै सिकिस्त भएकोले आईसीयूमै भर्ना गर्नुपर्‍यो, तर अहिले जेनरल वार्डमा सारिएको छ।”

त्यसबाहेक काठमाण्डूकै डिल्लीबजार, बोहोराटार, कपन र ललितपुरको सानेपामा हैजाका एक/एकजना बिरामी भेटिएको उनले जानकारी दिए। डा. दासका अनुसार भर्ना भएका हैजाका बिरामीहरू १८ वर्षदेखि ५५ वर्षका रहेका छन्।

हैजा कसरी भयो?

फेला पारिएका सबै बिरामीले खाने गरेको पानीको नमुना सङ्कलन गरी जाँच गर्दा झाडा पखाला गराउने जीवाणु पाइएको डा. दासले बताए। “बागबजारका बिरामीको हकमा उहाँहरूले खाने पानीको जाँच गर्दा झाडा पखाला गराउने ईकोलाइ र कोलिफर्म दुइटै जीवाणु देखियो,” उनले भने।

“उहाँहरूले घरमा धारा र ट्युबवेलको पानी जम्मा गर्नुहुँदो रहेछ अनि पानी सीधै (नउमाली अथवा पानी शुद्धीकरण गर्ने कुनै विधि नअपनाई) खानुहुँदो रहेछ।”

सबै बिरामीको हकमा हैजाको कारण दूषित पानी भएको देखिएको बताउँदै डा. दासले थपेः “दूषित कहाँ भयो भन्ने कुरा पत्ता लगाउन हामी लागिपरेका छौँ।”

सन् २०१५/०१६ यता काठमाण्डू उपत्यकामा हैजाका बिरामी फाटफुट देखिने गरेको उनले बताए। उनले भने, “काठमाण्डूलाई हामीले इन्डेमिक शहरको रूपमा लिएका छौँ।”

नियन्त्रणका लागि के गरिँदैछ?

हैजा पुष्टि भएसँगै कारण पत्ता लगाउन एवं रोकथाम तथा नियन्त्रणबारे सुझाव दिन जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डूले छानबिन टोली गठन गरेको छ। छ सदस्यीय टोलीले काम पनि थालिसकेको त्यसका संयोजक तथा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डूका प्रमुख वसन्त अधिकारीले बताए।

अधिकारीले भने, “प्रारम्भिक नतिजा हेर्दा उहाँहरू (हैजा पुष्टि भएका बिरामीहरू) ले खानयोग्य पानी नखाएको पाइएको छ। हामीले पानीका थप नमुना लिने काम पनि गरिरहेका छौँ।”

“शङ्कास्पद केसको हामीले निगरानी गरिरहेका छौँ र परीक्षण गरिरहेका छौँ।”

डा. दासका अनुसार निगरानी गर्ने र नमुना लिने काम निरन्तर भइरहेको छ। उनले भने, “अस्पतालले रिपोर्ट गर्नेबाहेक ठूला अस्पताल तथा स्वास्थ्य चौकीमा आफैँ पुगेर अनि नगएको दिन फोनमार्फत् निगरानी गर्ने काम एप्रिलदेखि नै गरिरहेका छौँ। अहिले हामी थप चनाखो भएका छौँ।”

काठमाण्डूका अन्य ठाउँमा पनि हैजा फैलिएको हुन सक्ने डा. दासको अनुमान छ। “झुपडी बस्तीहरू हैजाका लागि सम्भावित ठाउँ हुन सक्छन्। त्यो भएर हामीले वाग्मती नदी किनारका सुकुम्बासी क्षेत्रलाई लिएर चनाखो भएका छौँ,” उनले थपे।

हैजाबारे सचेतना फैलाउने काम तथा पानी आपूर्ति गर्ने सरकार निकायका साथै निजी कम्पनीहरूलाई पानी राम्रोसँग शुद्धीकरण गरेपछि मात्रै आपूर्ति गर्न पनि आफूहरूले भनेको प्रमुख अधिकारीले बताए।

हैजाका लक्षण के हुन्?

डा. दासका अनुसार बिरामीअनुसार सामान्यतया दुई घण्टादेखि पाँच दिनभित्र हैजाका लक्षण देखिने गर्छ। यद्यपि कसैकसैलाई लक्षण नदेखिन सक्ने पनि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डूका प्रमुख अधिकारी बताउँछन्।

अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल सीडीसीका अनुसार हरेक १० जनामध्ये एकजना बिरामीमा हैजाको गम्भीर लक्षण देखिन सक्छ।

यस्ता छन् लक्षण

पातलो दिसा हुने

बान्ता हुने

तिर्खा लागिरहने

खुट्टा बाउँडिने

थकान लाग्ने वा चिढिने

बीबीसी नेपालीबाट

वि.सं.२०७९ असार ९ बिहीवार १७:५१ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...