back
CTIZAN AD

साथी सम्झदै ओछयानमा संघर्षरत छन हरि बुढाथोकीे

वि.सं.२०७९ असार ९ बिहीवार

996 

shares

काठमाडौं । हरी बुढाथोकी एक जमानामा चर्चाको नाउ र चल्तीको मुन्छे । आज उनी ओछयानमा थला परेका मात्र छैनन बाँच्ने रहरको असाध्यै छटपटीमा छन ।

चिकित्सकहरुका अनुसार प्रति १० लाखमा १ जनालाई हुन अचम्मैको रोगले उनलाई नराम्रोसंग गांजेको छ । एमएस एमएनडी मोर्टार न्युरो डिजीज नामक रोगले उनलाई आक्रमण गरेपछि उनी गंम्भीर अवस्थामा पुुगेका हुन् ।

०७५ बैशाख २ गते अचानक दांया हात नचलेका उनको सोही बर्षको चैत देखी बांया हात पनि चल्न छाडयो । यसक्रममा उनलाई डा जेपी अग्रवालदेखी डा राजु पौडेल लगायत ३४ जना डाक्टरले हेरीसकेका छन् । उनी नाम चलेका नर्भिक र मेदान्त हुदै कलकत्ता र थाईल्याण्डका अस्पतालदेखी स्पार्कहोम, सफल, फतिमा चाईनीज हुदै प्रेम कैदीको प्राकृतिक चिकीत्सासम्म महिनौ अस्पतालमा बसिसकेका छन । उपचारका क्रममा रहंदा पनि उनी आत्मबलका साथ ०७८ मंसीरसम्म मर्नीङवाक गर्दै थिए । तर ०७८ पौषपछि भने उनी हल न चलको अवस्थामा पुगेका छन् ।

पारिवारीक श्रोतका अनुसार उनको लामो समय भौतिकवादी स्कुलिंङमै बितेको हो । उनको जीवनको शुरुवातीमै उनले प्रगतिशिल मूल्य मान्यता र सभ्यताको बिचार पढे । क्रान्तिकारी आन्दोलनसंग नजिक हुनपुगे । २०३३ देखीको उनको लगाव समयको सापेक्षतामा तलमाथी भैरहयो । पेशाले निजामति कर्मचारी दमकलको कार्यालय प्रमुख हुँदा पनि उनले परिवर्तनको आन्दोलनमा बिभिन्न प्राबिधिक कामहरु गरे ।

लेखक आनन्दराम र पत्रकार कृष्णज्वाला देवकोटा उनका हितैसीहरु बने । उनका असलमित्र बिजय शर्मा भने अहिले पनि नियमीतै छन् । ०५८ ताका उपत्यकामा सक्रिय बुद्धिजीवी क्षेत्रका माओवादीहरु बिष्णुपुकार श्रेष्ठ, रमेश शर्मा, जनक अधिकारी, कृष्णराज केसी, नीलकण्ठ तिवारी लगायतसंग जोडिएरै बिभिन्न काम गरेका थिए भने वार्तासुत्र भनिएका खगेन्द्रजंग गुरुंङ लगायतका ब्यक्तिहरुको लामो समय ब्यबस्थापन गरेका थिए । उनले संझदै भने ‘ मोहन कार्की जीवन्त, चित्र बहादुर श्रेष्ठ, टोप बहादुर रायमाझी, कृष्ण बहादुर महरादेखी बाबुराम भटराई समेतलाई मैले सघाउन पाएको थिए ।’

‘बांच्छु की भन्ने आशाले सवा करोड बढी खर्च गरीसकेको छु । यो रोग निको नहुने रोग भनेपनि मानिसलाई सकेसम्म बांँच्ने हुटहुटी जाग्दो रहेछ’ उनले संघर्षको संक्षेपीकरण गरे ।

रोगको प्रकृतिका कारण उच्च प्रबिधिको उपचारको चाहना बढेपनि काठमाडौका डाक्टरमध्ये डा. राजु पौडेलको नाम उनले बढी लिइरहन्छन । आन्दोलनको आधिका बेला संपर्कमा आएका साना ठुला सबै मानिसहरुप्रति उनको झल्झली स्मरण छ ।

वि.सं.२०७९ असार ९ बिहीवार १६:५४ मा प्रकाशित

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

टेकपाइला-केसीसीबीच ऐतिहासिक सहकार्य

काठमाडौं । नेपालको सूचना प्रविधि र उच्च शिक्षालाई नयाँ उचाइमा...

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

डिजिटल पूर्वाधारमा फड्कोः नेपालमै पहिलो पटक ‘टियर–४’ स्तरको हाइपरस्केल डाटा सेन्टर निर्माण हुँदै

काठमाडौँ । नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पु¥याउने र देशको ’डाटा...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...