काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेका छन् ।
थापाले अधिकारी लगायत बैंकका पदाधिकारीलाई भेटेर हालको तरलता अभाव, मुद्रा सञ्चितिको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरुमा छलफल गरेको बताएका छन् ।
‘अर्थतन्त्रमा देखिएका यी लगायतका समस्या समाधानका उपायहरू सहित अबको मौद्रिक नीति तयार पार्नुहुनेछ भन्ने अपेक्षा लिएको छु ।’ थापाले भनेका छन् ।
वि.सं.२०७९ असार १० शुक्रवार १५:२६ मा प्रकाशित






























